Thursday, July 14, 2016

Entrance exam notice for BE/B.Arch from IOE (Institute of Engineering)-2073

Entrance exam notice for BE/B.Arch from IOE (Institute of Engineering)-2073
Entrance exam notice for BE/B.Arch from IOE (Institute of Engineering)-2073
Tribhuvan University, Institute of Engineering, Entrance examination Board has published an urgent notice regarding BE/B.Arch entrance examination for the academic year 2073/74.
Online application for computer based test will open from Sharwan 4, 2073 10 AM to Sharwan 20, 2073 5 PM.
Important details:
  1. Applicant has to fill the online application form available at entrance.ioe.edu.np
  2. Online form can be filled within Sharwan 4, 2073 10 AM to Sharwan 20, 2073 5 PM.
  3. Online form can be filld from anywhere, where there is facility of internet.
  4. Entrance exam fee: Rs. 2000, must be deposited in the bank account of Institute of Engineering in the account Number 00915056064 from any branches of Siddhartha Bank.
Note: Please be informed that there will be “No Negative Marking” in the IOE entrance examination 2073
Exam Center for IOE Entrance Examination-2073
This is to notify to all the IOE entrance applicants that the computer based exam will be held at the ICTC Center, Pulchowk Campus. All the applicats are requested to reach in the pulchowk at least 30 minutes before the exam starts. Please carefully see your seat plan on the notice board.

Sunday, July 10, 2016

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति काेटा गायब

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति काेटा गायब

निजी प्रविधिक क्याम्पसद्वारा २ हजार छात्रवृत्ति काेटा गायब

असार २६, २०७३- निजी लगानीबाट सञ्चालित क्याम्पस/कलेजले बर्सेनि १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कानुनी प्रावधान भए पनि पालना नगरी ती कोटा गायब पारेका छन् । प्राविधिक विषयमा करिब दुई हजारको संख्यामा यो छात्रवृत्ति कोटा गायब हुँदै आएको छ । इन्जिनियरिङ, कृषि, वन, भेटरिनरी, स्वास्थ्यतर्फका एमडी/एमएस, एमडीएस, नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ, रेडियोलोजी, ल्याब टेक्नोलोजीलगायतक प्राविधिक विषय पढाउने संस्थाहरूले छात्रवृत्ति उपलब्ध नगराएका हुन् ।
यो कोटा लागू गराउन सरकारले पनि पहल गरेको छैन । निजी लगानीका कलेजका लागि बनाइएको मापदण्ड र सर्तको बुँदा १.१४ मा भनिएको छ, ‘प्राविधिक महाविद्यालय सञ्चालन गर्ने संस्थाले स्वदेशी लगानीकर्ता भए १० प्रतिशत र विदेशी लगानीकर्ता भए
२० प्रतिशत नि:शुल्क छात्रवृत्ति सरकारलाई उपलब्ध गराउनुपर्नेछ ।’ तर, एमबीबीएस, बीडीएसबाहेक अन्य प्राविधिक कार्यक्रममा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी सरकारले छनोट नगर्दा यो अवसर गुमेको हो ।
शिक्षा मन्त्रालयले एमबीबीएस र बीडीएसमा वर्षमा कम्तीमा २ सय विद्यार्थीले छात्रवृत्तिमा छनोट गरेर कलेजमा पठाउने गरेको छ । यसरी छनोट नहुँदा इन्जिनियरिङमा मात्रै ९९२ विद्यार्थीले छात्रवृत्ति पाएका छैनन् । प्राविधिकतर्फका कुनै एउटा विषय पढ्न एक जनाको सरदर ५ लाख रुपैयाँ खर्चको हिसाब राख्दा छात्रवृत्तिबाट बर्सेनि २ हजार अभिभावकको सरदर १ अर्ब बच्छ ।
मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिएर स्वदेशमा सञ्चालित कार्यक्रमसमेत सबै प्राविधिक विषयको जोड्दा करिब दुई हजार विद्यार्थीले छात्रवृत्ति पाउनुपर्छ । ‘अहिलेसम्म एमबीबीएस र बीडीएसका जस्तो संस्थागत रूपमा कसैले पनि छात्रवृत्ति दिएका छैनन्,’ उनले भने । महालेखा परीक्षक कार्यालयले हरेक वर्ष छात्रवृत्ति नीति कार्यान्वयन नभएको भन्दै आफ्नो प्रतिवेदनमा शिक्षा मन्त्रालयको कमजोरी औंल्याउँदै आएको छ ।
‘एमबीबीएस लगायत चिकित्सा विषय सञ्चालन गर्ने कलेजबाट छात्रवृत्ति उपलब्ध गराउने गरेको देखियो तर नीतिअनुसार सञ्चालन भएका इन्जिनियरिङलगायत अन्य प्राविधिक कलेजहरू, मेडिसिनतर्फ स्नातकोत्तर पीजी सञ्चालन गर्ने कलेजबाट नि:शुल्क छात्रवृत्ति मन्त्रालयलाई प्राप्त भएको छैन,’ प्रतिवेदनमा भनिएको छ, ‘निजी लगानीमा प्राविधिक महाविद्यालय सञ्चालन गर्ने संस्थाबाट नि:शुल्क छात्रवृत्ति कोटा उपलब्ध गराउन आवश्यक पहल गर्नु जरुरी छ ।’
इन्जिनियरिङ काउन्सिलले त्रिभुवन विश्व–विद्यालय, पोखरा, पूर्वाञ्चल, सुदूरपश्चिमाञ्चल, मध्यपश्चिमाञ्चलको आंगिक र सम्बन्धन प्राप्त दुवै गरी देशभरि ५१ इन्जिनियरिङ कलेजलाई गत वर्ष ८ हजार ९ सय २३ विद्यार्थी भर्नाको कोटा दिएको थियो । यसलाई आधार मान्ने हो भने ९९२ विद्यार्थीले छात्रवृत्ति पाउँथे । विश्वविद्यालयको आफ्नै आंगिक कलेजले छात्रवृत्ति दिए पनि सम्बन्धन दिएका कलेजले पहुँचवालालाई मात्रै निश्चित छात्रवृत्ति दिँदै आएका छन् ।
काउन्सिलले त्रिभुवन विश्वविद्यालयका १० निजी कलेजमा मात्रै दुई हजार ३८ भर्ना कोटा तोकेको थियो । यसअनुसार त्रिविअन्तर्गत मात्रै २०३ जनाले छात्रवृत्ति पाउने थिए । पूर्वाञ्चलका १५ कलेजमा दुई हजार एक सय ४५ कोटा निर्धारित थियो । यसलाई आधार मान्दा २१४ ले छात्रवृत्ति पाउँथे । पोखरा विश्वविद्यालयका १४ इन्जिनियरिङ कलेजमा दुई हजार ८ सय ३२ कोटा छुट्याएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष सत्यनारायण साहले मन्त्रालयले कलेज सञ्चालनको एलओआई दिँदा नै छात्रवृत्ति दिनुपर्ने सर्त राखेकाले सबै कलेजले उपलब्ध गराउनुपर्ने बताए ।
त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा. त्रिरत्न बज्राचार्यले संस्थानले लिने प्रवेश परीक्षाका आधारमा आंगिक र सम्बन्धन प्राप्त कलेजमा अध्ययनरत विद्यार्थीलाई १० प्रतिशत छात्रवृत्ति दिइने दाबी गरे । छात्रवृत्ति पाउने विद्यार्थी मन्त्रालयले नै छनोट गर्नुपर्नेबारे आफूलाई जानकारी नभएको उनले जनाए । पूर्वाञ्चल विश्वविद्यालय कलेज एसोसिएसन अफ नेपालका उपाध्यक्ष गोपी न्यौपानेले प्रवेश परीक्षाको मेरिट आधारमा ५ प्रतिशत र विपन्न, महिला, जनजाति, अपांग लगायतलाई ५ प्रतिशत छात्रवृत्ति दिने व्यवस्था गरेको बताए ।

त्रिविमा १० प्रतिशत मात्रै अनुसन्धान

त्रिविमा १० प्रतिशत मात्रै अनुसन्धान

त्रिविमा १० प्रतिशत मात्रै अनुसन्धान

असार २७, २०७३- विश्वविद्यालय शिक्षणका अलावा विविध विषयमा अध्ययन, अनुसन्धान पनि गर्ने थलो हो । तर, मुलुकको जेठो त्रिभुवन विश्वविद्यालयमा भने जम्मा १० प्रतिशतमात्र प्राध्यापकहरूले अनुसन्धान गर्ने गरेको देखिएको छ । हालै गरिएको एक अध्ययनका अनुसार ती अनुसन्धान पनि मुलुकको नीति निर्माण तहलाई प्रभावित गर्ने किसिमका नभई विशुद्ध प्राज्ञिक कार्यमा सीमित छन् । त्रिवि योजना महाशाखाका प्रमुख प्राध्यापक ऋदिशकुमार पोखरेलको संयोजकत्वमा विश्वविद्यालयले गठन गरेको अनुगमन समितिले यस्तो तथ्य पत्ता लगाएको हो ।
विश्वविद्यालयका पदाधिकारीदेखि डिनहरू, विभागीय प्रमुख, अनुसन्धान केन्द्रहरूमा राजनीतिक नियुक्ति गर्ने परम्परा बसेपछि अनुसन्धान कार्य छायाँमा परेको विज्ञहरू बताउँछन् । त्रिविले उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक बढुवा गर्दा प्राज्ञिक अनुसन्धानलाई प्राथमिकता नदिई काम गरेको वर्षलाई आधार मान्ने गरेपछि अनुसन्धानमा सुस्तता छाएको प्राध्यापकहरू नै बताउँछन् ।
‘त्रिविका झन्डै ८ हजार शिक्षकमध्ये करिब दस प्रतिशतले मात्र अनुसन्धान गर्छन्,’ योजना महाशाखा प्रमुख प्राध्यापक पोखरेल भन्छन् । ‘अनुसन्धान गर्नै पर्छ भन्ने देखिएन । ऐच्छिक रूपमा मात्र अनुसन्धान गर्ने गरेको पाइयो,’ उनी भन्छन् । प्राय: शिक्षकहरूले विद्यार्थीको शोधकार्य निर्देशन तथा अनुगमनमै समय गुजार्ने गरेको समेत पोखरेलले जनाए । त्रिविको पाठ्यक्रम नै सैद्धान्तिकमात्र रहेकाले पनि यस्तो भएको हुनसक्ने उनको अनुमान छ । ५७ वर्षअघि स्थापित त्रिविका चार वटा अनुसन्धान केन्द्र छन् । जसमा नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास), शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड), आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) छन् । तर ती निकायले बजेटको अभाव देखाएर नियमित प्रतिस्पर्धात्मक तथा सिर्जनात्मक अनुसन्धान कार्य गर्न सकेका छैनन् । ‘विश्वविद्यालय मातहतमा अनुसन्धान नगरिँदा यी अनुन्धान केन्द्रहरू खण्डहर बनेका छन्, यी केन्द्रहरू सेतो हात्ती बनिरहेका छन्,’ त्रिविका एक प्राध्यापकले भने । विश्वविद्यालयका विभिन्न विभाग र केन्द्रहरूले प्रकाशन गर्दै आएका विषयगत जर्नलहरू समेत नियमित नभएको उनले बताए ।
सेरिडका निर्देशक प्राध्यापक कृष्णचन्द्र शर्मा भने अनुसन्धान केन्द्र स्वतन्त्र नभई विश्वविद्यालयका निकाय भएकाले तोकिएको काम हुन नसकेको बताउँछन् । ‘अनुसन्धानको काम दिने विश्वविद्यालय र मन्त्रालय हुन्,’ केन्द्रले आफू खुसी गर्न नसक्ने र पर्याप्त स्रोत उपलब्ध नहुने समस्या रहेको उल्लेख गर्दै उनी भन्छन् । ‘क्रमागत हुने अनुसन्धान कार्य हुन सक्ने कुरै भएन । अनुसन्धान संस्कृतिको विकास गर्न सकिएन । चालीस वर्षको पीडा यही हो,’ उनले भने ।
कीर्तिपुर केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्राध्यापक गोविन्द सुवेदीले त्रिविको लगानी न्यून भएकाले अनुसन्धान केन्द्रमा काम हुन नसकेको तर कार्यरत प्राध्यापकले अन्यत्र अनुसन्धानमा संलग्न रहेको बताए । ‘विश्वविद्यालयभित्रै चाहिँ अनुसन्धान कम भएको हो,’ उनले भने, ‘यहाँका प्राध्यापकले अनुदान आयोग र अन्य एनजीओ/आईएनजीओमा संलग्न भएर अनुसन्धान गरेका छन् ।’ त्रिविमा ७ हजार ५ सय ९२ अध्यापक दरबन्दीमा छन् । लैंगिक हिसाबले ८२ प्रतिशत पुरुष र १८ प्रतिशत महिला छन् । कार्यरतमध्ये ५ हजार ८ सय ९२ जना स्थायी र १ हजार ७ सय जना करारमा छन् । जसमा १ हजार ५० भन्दा बढी प्राध्यापक छन् । अधिकांश करार शिक्षकहरू विश्वविद्यालयका पदाधिकारीका नातेदार, प्रमुख राजनीतिक दलका सिफारिसमा नियुक्त गरिएका पर्दछन् ।
अध्ययनले दैनिक तीन जना प्राध्यापकले अवकाश पाउने देखाएको छ भने शिक्षक पदपूर्ति प्रक्रिया लामो समयदेखि सुचारु हुन सकेको छैन । त्रिवि सेवा आयोगले तिनै करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रक्रिया अघि बढाइसकेको छ । अब आउँदो साउनदेखि हरेक छ–छ महिनामा पदपूर्ति प्रक्रिया सुचारु हुने उपकुलपति प्राध्यापक तीर्थराज खनियाँ बताउँछन् । ‘यसपछि प्राज्ञिक अनुसन्धानलाई हामी जोड दिनेछौं,’ उनले भने ।
शिक्षाविद् विद्यानाथ कोइराला नेपालको विश्वविद्यालयमा प्राज्ञिक र कार्यगत अनुसन्धानको व्यवस्था नरहेको बताउँछन् । ‘यो दस प्रतिशत अनुसन्धान गर्नेहरू पनि व्यापारिक अनुसन्धानमात्रै हो,’ उनी भन्छन्, ‘विश्वविद्यालयका विभागले अनुसन्धान गराउँदैन भने शिक्षक आफू गर्दैन । शुद्ध पठनपाठन मात्रै हुने गर्छ ।’ विश्वविद्यालयको प्रणालीले प्राज्ञिकभन्दा राजनीतिक व्यक्ति रोजेकाले अनुसन्धान छायाँमा परेको कोइरालाको कथन छ ।
त्यसैगरी अर्का शिक्षाविद् मनप्रसाद वाग्ले नेपालमा मेडिकलबाहेक नौवटै विश्वविद्यालयले शिक्षणमात्र गर्ने गरेको बताउँछन् । ‘संसारमै विश्वविद्यालय भन्नासाथ शिक्षण र अनुसन्धान दुवै गराउँछ,’ उनी भन्छन्, ‘अनुसन्धानमुखी विश्वविद्यालयले ठूलठूला प्रोजेक्ट ल्याएर विश्वविद्यालयलाई धनी बनाउँछन् । तर हाम्रोमा प्राध्यापकले अरूले खटाएको अनुसन्धानमा आफूलाई बेच्छन् र आफूलाई धनी बनाउँछन् ।’
त्रिवि निमावलीअनुसार शिक्षकको कार्यमूल्यांकनका आधारहरूमा शिक्षणका अलावा, पुस्तक लेखेको, अनुसन्धान, थेसिस गाइड, एमफिल, पीएचडी छन् । उमेरका हिसाबले ६३ वर्षसम्म प्राध्यापन गर्न पाइन्छ । पछिल्लो पटक आरक्षण व्यवस्थाअनुसार पदपूर्ति गर्ने गरिएको छ । कतिपय विषयमा आरक्षण कोटा पदपूर्ति नभएपछि नियमितमा गाभ्ने गरिएको छ । त्रिवि शिक्षकले अध्यापन अवधिमा दुई पटक पाँच–पाँच वर्ष अध्ययन बिदा र स्वाध्यायन विदासमेत गरी १५ वर्षसम्म बिदा लिन पाउने प्रावधान छ ।

Saturday, July 9, 2016

अर्बपति उत्पादन गर्ने विद्यालय

अर्बपति उत्पादन गर्ने विद्यालय
अर्बपति उत्पादन गर्ने विद्यालय
असार २५, २०७३- अमेरिकाका केही विश्वविद्यालयहरू सांस्कृतिक कार्यक्रमहरू बढी सञ्चालन गर्ने रूपमा चिनिन्छन्, अन्य केही भने टप इन्जिनियरिङ स्कुलका रूपमा ख्याति कमाएका छन् । तर, पछिल्लो समय केही शैक्षिक संस्थाहरू विश्वका अर्बपतिहरू उत्पादन गर्ने नामले परिचति हुन थालेका छन् । विगत केही वर्षयताको अर्बपतिको सूची हेर्ने हो भने यसको पुष्टि सजिलै हुन्छ ।
अझ विश्वविद्यालयको तुलनामा त्यहाँका स्कुलमा पढेर अर्बपति बन्नेहरूको संख्या उल्लेख्य छ । त्यहाँका स्कुलमा पढेका पूर्वविद्यार्थीहरूको अलमुनाई एसोसिएसनले विद्यालयको गरिमा बढाएको छ । किनभने धेरै अर्बपति स्कुल अलमुनाईमा आबद्ध छन्, ती सबै धनाढ्य छन् । फोर्ब्स अखबारको विश्वका ४ सय अर्बपतिको सूचीमा स्कुल अलमुनाईका धेरै सदस्यहरू पर्ने गरेका छन् ।
अमेरिकाको र्‍याङिकङमा टप ६ सय ६० कलेजहरूमध्ये कति जना अर्बपति बने भनेर फोर्ब्सको सूचीलाई नियाल्दा त्यहाँका विद्यालयले उत्पादन गरेकाहरू बढी रहेको देखिन्छ । अधिकांश अमेरिकी अर्बपति/धनाढ्य अन्डरग्य्राजुएट छन् ।  युनिभर्सिटीमा पेन्सिलभानियाको आईभी लिग संस्थामा सबैभन्दा बढी अर्बपति सदस्य छन् । त्यसको फिलाडेल्फिया स्कुलमा पढेका २१ जना विद्यार्थी गत वर्षको फोर्ब्सको चार सय जनाको सूचीमा एक्लो प्रतिनिधित्व गरेको थियो, जुन ५ प्रतिशत हुन आउँछ । चार सय जनाको सम्पत्तिमध्ये ब्रोडर्स ह्यान्क र डग मेइजर जोडीको धेरै हो ।
यी दुवै स्कुले शिक्षाबाट अर्बपति बनेका हुन् । अर्को उदाहरण पेन्न ग्य्राडका इलोन मस्कलाई लिन सकिन्छ । पेपलका सहसंस्थापक र टेल्सा मोटर्स र स्पेस एक्स दुवैका वर्तमान सीईओ उनी क्यानेडाको क्विन्स विश्वविद्यालयमा पढेको भए पनि उनको अधिकांश सम्पत्तिको स्रोत स्कुले जीवनमा कमाएको धर्न नै हो । त्यही सम्पत्ति उनको धनाढ्य बन्ने स्रोत पनि बन्यो । अर्का अर्बपति पेन अलमुनाईमा आबद्ध लौरेन पवेल जोब्स, जो स्टेभ जोब्सका विधवा पनि हुन् । उनले पनि स्कुले शिक्षा पछि नै धनाढ्य बनेकी हुन् ।
पछिल्लो उदाहरणका रूपमा डोनाल्ड ट्रम्पलाई लिन सकिन्छ । उनले अर्थशास्त्रमा वार्टसन स्कुलबाट सन् १९६८ मा डिग्री हासिल गरे । उनी पेन्न अलमुनाईमा आबद्ध छन् । हावार्ड र याले अर्बपतिहरूको अलमुनाईमा दोस्रो ठूलो हो । फोर्ब्सको चार सय जनाको सूचीमा १४ यसै अलमुनाईका सदस्य हुन् ।
हावार्डको एउटा महत्त्वपूर्ण कुराचाहिँ के हो भने मुलुककै सबैभन्दा कान्छो अर्बपति ३२ वर्षीय एयरबन्बका सहसंस्थापक नेथान ब्लेचार्कजिक हुन् । उनले कम्प्युटर विज्ञानको शिक्षा स्कुलमै हासिल गरेर नाम र दाम कमाउन सफल भएका छन् । लस एन्जेलस क्लिपरका मालिक र पूर्व माइक्रोसफ्ट सीईओ स्टेप बालमर, आयल टाइकुनका अन्तिम जीवित नाति जोन डी रोकफेलर लगायतका अर्बपतिहरू हावार्ड स्कुलका ‘ग्रयाड्स’ उत्पादन हुन् । यो विश्वविद्यालय ड्रपआउट हुने विद्यार्थीहरूका लागि परिचित छ ।
फेसबुकका प्रमुख मार्क जुकरबर्ग र विश्वकै धनाढ्य बिल गेट्सलाई यसको उदाहरणका रूपमा लिने गरिन्छ । राइभल स्कुल याले हावार्डलाई धन्यवादको पात्रका रूपमा हेर्ने गर्छ, जसको अलमुनाई सशक्त रहँदै आएको छ । ब्ल्याकस्टोन समूहका सहसंस्थापक स्टेफेन स्वार्जमेनले विद्यालयको पढाइ सकाएर आफ्नो पहिलो छनोट हावार्डलाई गरेको थियो, आफ्नो उच्च शिक्षा प्राप्त गर्न । तर, उनको आवेदन विश्वविद्यालयले त्यसताका अस्वीकृत गरिदिएको थियो ।
त्यसपछि उनी यालेमा गएका थिए । उनले हावार्डबाट एमबीएको शिक्षा हासिल गर्न त सकेनन् तर अर्बपति बन्न उनलाई कसैले रोकेन । अघिल्लो वर्ष उनले सञ्चारमाध्यमलाई भनेका थिए, ‘पछि हावार्डमा नामांकन गर्ने डिनले तिमीलाई आफ्नो विश्वविद्यालयमा एडमिसन नगरेर ठूलो गल्ती गरेको भनेर पत्र पठाएको थियो ।’ यालेका अर्को ग्य्राजुएडहरू हुन्, फेडएक्स संस्थापक फ्रेड स्मिथ र जोन तथा फोर्रेस्ट मार्स । दुवै अर्बपति हुन् ।
यसैगरी चौथो अर्बपति उत्पादन गर्नेमा स्टानफोर्ड पर्छ । त्यस अन्तर्गतको पश्चिम तटीय स्कुलबाट पढेका १३ जना पूर्वविद्यार्थी अर्बपतिको सूचीमा परेका छन् । त्यसको अलमुनाईमा धेरैभन्दा धेरै टेक अर्बपतिहरू आबद्ध छन् । तीमध्ये युवा अमेरिकी अर्बपति स्नेपच्याटका संस्थापक इभान स्पिगेल र बबी मर्फी पनि हुन् । दुवैको भेट स्कुलको कप्पा सिग्मा फ्रयान्ट भवनमा भएको थियो । त्यस्तै मेसेजिङ टाइटन हाट्स एप्पका सहसंस्थापक ब्राएन एक्सन र लिंक्डइनका रेइड हफम्यान स्कुलमै सिकेका सीपबाट अर्बपति बन्न सफल भए ।
कलेज र विश्वविद्यालयको डिग्री नलिईकनै धनाढ्य बने । यसैगरी जिम ब्रेययर र पिटर थिएल जोडीले प्रविधि क्षेत्रमा लगानी गर्ने सोच स्कुलमै बनाएका थिए । युनिभर्सिटी अफ साउदर्न क्यालिफोनिर्या अन्तर्गतको क्यालिफोर्निया स्कुल पनि अर्बपति उत्पादन गर्ने कारखानाका रूपमा अमेरिकामा चर्चित छ । मार्क बेनिअफ र फ्र्यान्क फर्टिटा त्यही स्कुलका उत्पादन हुन् । यसरी उच्च–शुल्क असुल्ने निजी विद्यालयहरूले मात्रै अमेरिकी धनाढ्यहरूको उत्पादन गरेका छैनन्, त्यहाँका सरकारी स्कुलहरूले पनि धेरै जना अर्बपति जन्माएका छन् ।
त्यसैले पढाइमा धेरै खर्चिएर मात्रै मानिस सफल हुन्छ भन्ने होइन । सरकारी विद्यालयका पूर्वविद्यार्थीहरूको अलमुनाईले पनि यसको पुष्टि गर्छ । युनिभर्सिटी अफ मेसिगनले गुगलका सहसंस्थापक ल्यारी पेजलगायत अर्बपतिको उत्पादन गर्न सक्षम भएको छ । एउटा अर्को आश्चर्य ४०६ जनामध्ये १०८ जना अर्बपतिहरू स्नातक नपढेका छन् । अर्बपति बन्नेमा केहीले त औपचारिक शिक्षा हासिल गर्नेहरू पनि परेका छन् । ओराकलका सहसंस्थापक ल्यारी इलिसन र कम्प्युटर विज माइकेल डेल लगायतका अर्बपतिहरू बीचमै पढाइ छाड्नेहरूमा पर्छन् ।
यसैगरी डोल फुड्सका सीईओ ड्याभिड मुर्डक जसले कलेजको ढोकासम्म पुग्न सकेनन् तर अर्बपति बने । उनले नौ कक्षाका विद्यार्थी छँदै पढाइ छाडेर ग्यास स्टेसनमा काम थालेका थिए । उनको आफ्नो घर पनि थिएन, कति रात त उनले डेट्रोएड पार्कको घाँसमा सुतेरै बिताएका थिए । उनलाई एक जना सहयोगीले १२ सय अमेरिकी डलर ऋण दिएपछि उनको भाग्योदय भएको भनिन्छ । त्यही रकमले उनी स्थानीय खाना खुवाउने सानो होटल खोले र त्यसको आम्दानी सञ्चय गर्दै आज आफ्नो सम्पत्ति अर्ब अमेरिकी डलर पुर्‍याएका छन् ।
(एजेन्सीहरूको सहयोगमा)

Thursday, July 7, 2016

अस्ट्रेलियाली गुणस्तरको शिक्षा नेपालमै

College in Nepal

 

अस्ट्रेलियाली गुणस्तरको शिक्षा नेपालमै
अस्ट्रेलियाली गुणस्तरको शिक्षा नेपालमै


                         गैरआवासीय नेपालीहरुको लगानी प्रर्वधनको कुरा चलिरहँदा अस्ट्रेलियाका एनआरएनका अभियन्ताहरुले भने नेपालमा शैक्षिक बिकासमा लगानीमा हात बढाएका छन् । एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष गणेश केसीको टोलीले अहिले काठमाडौको मैतिदेबीमा प्यासिफिक हस्पीटालिटी तथा कुलिनरी एकेडेमीको स्थापना गरेका छन् ।
नेपालमै गुणस्तरीय बिदेशी शिक्षा प्रदान गरेर बैदेशिक श्रम बजारमा दक्ष कामदारको लक्ष्य बोकेको यस शैक्षिक संस्था यसै सातादेखि काठमाडौमा सन्चालनमा आएको छ । यस एकेडेमीको एक समारोह बिच नेपालका लागि अस्ट्रेलियन राजदुत ग्लेन ह्वाइटले उदघाटन गरेका थिए ।
कार्यक्रममा राजदुत ह्वाइटले हस्पीट्यालीटी र पर्यटन क्षेत्रमा अस्ट्रेलियामा रोजगारीको बाताबरण रहेकोले दक्ष जनशक्तीले यसमा अवसर प्राप्त गर्ने बताए ।
कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले गुणस्तरीय शिक्षा अहिलेका आवश्यकता भएकोले यसतर्फ एकेडेमीले ध्यान दिनुपर्ने बताइन् । बिद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले बिदेशी स्तरीय शिक्षा नेपालमै पढाइनु र यतैवाट दक्षता प्राप्त गरेर अवसरको खोजी गर्दा त्यसबाट राम्रो प्रतिफल मिल्ने धारणा राखे ।
कार्यक्रममा एनआरएनका संरक्षक तथा पुर्व अध्यक्ष जीवा लामिछानेले बैदेशिक रोजगारीका लागि जाने हो भने हातमा सीप लिएर गएमात्र उचित प्रतिफल पाइने बताए । लामिछानेले अगाडि भने,  ‘यहाँ सिकेर र जानेर गएको ज्ञानले बिदेशमा ठुलो अर्थ राख्ने गर्दछ ।’
एकडेमीका अन्तराष्ट्र्रिय बजार ब्यवस्थापक गणेश केसीले दुर्इ दशक लामो अस्ट्रेलिया बसाइले आफुलाई सिकाएको अनुभव र ज्ञानलाई नेपालमा पनि बिस्तार गर्ने सोचका साथ एकेडेमीको स्थापना गरिएको बताए । केसीले अगाडि भने, ‘नेपालमा अतिथी सत्कारमा अगाडि रहेको कारण पनि यस बिषयमा केहि गरौ भन्ने चाहनाअनुरुप यो एकेड्मी स्थापना गरिएको हो ।’
एकेडेमीका प्रवन्ध निर्देशक शुसील थापाले अस्ट्रेलियाको सम्वन्धन प्राप्त यस एकेडमीले कोर्सपछि अस्ट्रेलियन सर्टिफीकेट प्रदान गर्ने बताए । एकेडेमीले तालिमपछि बिध्यार्थीहरुलाई रोजगारीको लागि पनि बैदेशिक रोजगारादातासम्म जोड्ने काम गर्ने थापाले प्रष्ट पारे । एसएलसी वा सो भन्दा माथि उतिर्ण गरेको बिध्यार्थीले यो कोर्स लिन सक्ने छन् ।