Sunday, August 28, 2016

काठमाडौंमा आइसीटी सम्मेलन-Technical Education in Nepal

Technical Education in Nepal
Technical Education in Nepal


सूचना प्रविधिका विद्यार्थीहरुले अन्र्तराष्ट्रियस्तरको सम्मेलनमा आफैं कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका छन् ।
सूचना प्रविधि सम्बद्ध विभिन्न संस्थाको आयोजनामा शनिबार काठमाडौंमा भएको सूचना प्रविधि सम्बन्धी तेस्रो अन्र्तराष्ट्रिय सम्मेलनमा विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका हुन् ।
सम्मेलनमा ४० वटा कार्यपत्र प्रस्तुत गरिएकामा अधिकांश कार्यपत्र विद्यार्थीले प्रस्तुत गरेका थिए । सूचना प्रविधिको क्षेत्रका विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास गर्ने प्रयासस्वरुप विद्यार्थीहरुलाई उनीहरुले आर्जन गरेको ज्ञानमा आधारित भएर कार्यपत्र प्रस्तुत गर्ने मौका दिइएको आयोजकले जनाएका छन् ।
सम्मेलनमा सार्क मुलुकका अलावा जापान र डेनमार्कका विद्यार्थी तथा विशेषज्ञ सहभागी थिए ।

For Further Details Visit:

Saturday, August 27, 2016

अर्काको नाममा एचएको परीक्षा दिँदै गरेका चार परीक्षार्थी कालोसूचीमा - College in Nepal

College in Nepal
College in Nepal

जुम्लामा अर्काको नाममा परीक्षा दिँदै गरेका चार परीक्षार्थीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कालोसूचीमा राखेको छ ।
शनिबार चन्दननाथ उमावि जुम्लामा भएको एचए सङ्कायको परीक्षामा चार परीक्षार्थीले अर्कैको सट्टामा परीक्षा दिइरहेको भेटिएको प्रतिष्ठानका डिन गायत्री राईले बताइन् । “गतवर्ष झैँ यसवर्ष पनि गलत हर्कत गर्न खोज्ने चारै परीक्षार्थीलाई नियन्त्रणमा लिएर उनीहरुको परीक्षा रद्ध गरेका छौँ र दुई वर्षसम्म परीक्षा दिन नपाउनेगरी कालोसूचीमा राख्ने निर्णय भएको छ” – डिन राईले भनिन्  ।
उनका अनुसार एकजना महिला परीक्षार्थीले दिएको परीक्षामा शङ्का लागेर नागरिकता लिन पठाउँदा उनी नफर्केकाले सो उत्तरपुस्तिका पेन्डिङमा राखिएको छ ।
एचएको परीक्षामा नेपालगन्ज र जुम्ला गरी २३७ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्ष टङ्कबहादुर महतले जानकारी दिए ।
शनिबार नै स्टाफ नर्सको परीक्षा पनि सम्पन्न गरिएको छ । उक्त परीक्षामा ११३ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्षले बताए ।
गतवर्षको एचए परीक्षाका कारण ठूलो समस्या निम्तिएकाले यसवर्ष संवेदनशीलता अपनाएर व्यवस्थित एवम् मर्यादित ढङ्गले परीक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।
ओएमआर मेसिन जुम्ला नआइसकेकाले चेकजाँचका लागि शनिबार नै सडक मार्गबाट उत्तरपुस्तिका काठमाडौँ लगिएको प्रतिष्ठान जुम्लाले जनाएको छ ।

Friday, August 26, 2016

हार्भर्ड विश्वविद्यालयले बनायो विश्वकै पहिलो सफ्ट रोबोट-Technical Education in Nepal

Technical Education in Nepal
Technical Education in Nepal


हार्भर्ड विश्वविद्यालयले विश्वकै पहिलो स्वःचालित सफ्ट रोबोटको विकास गरेको छ । अक्टोबोट भनेर चिनिने यस्तो रोबोटमा सफ्ट रोबोटिक्सको मात्र प्रयोग गरिएको हुनाले यो पूर्णरुपमा सफ्ट रोबोट अर्थात् नरम रोबोट हो ।
अक्टोबोटमा धातु तथा प्लास्टिकको विल्कुलै प्रयोग गरिएको छैन । यसलाई थ्रिडी प्रिन्टिङ, मोल्डिङ र सफ् लिथोग्राफि प्रविधीहरुको प्रयोग गरेर विकास गरएको हो ।
रोबोटको विकास गरेका इन्निनियरहरु रोबोर्ट उड र जेनिफर लेविस्का अनुसार अक्टोपसबाट प्रभावित भएर अक्टोबोटको विकास गरिएको हो । अक्टोबोटका पनि ८ ओटा भुजाहरु रहेका छन् जुन दुरुस्तै आक्टोपसका भुजाहरु जस्तै देखिनुका साथै त्यसैगरी चल्दछन् पनि ।
हार्भर्ड विश्वविद्यालयले यस अक्टोबोटको विकासले जटिल डिजाइनहरुलाई नयाँ ढंगबाट विकास गर्न सक्ने आधार खडा गरेको विस्वास व्यक्त गरेको छ । यसमा प्रयोग भएका ब्याट्री तथा इलेकट्रोनिक कन्ट्रोलहरु पनि नरम छन् ।
रोबोट चल्ने इन्धनको रुपमा हाइड्रोजन पिरोक्साइडबाट बनेको ग्याँसलाई प्रयोग गरिएको छ । रिसर्चरहरुका अनुसार यस सफ्ट रोबोटले आफ्नो वरिपरि रहेका वस्तुमा आवतजावत गर्न र सञ्चार गर्न सक्दछ ।

अब मोबाइलमै किताब-Bachelor College in Nepal

Bachelor College in Nepal
Bachelor College in Nepal






अब विद्यार्थीले मोबाइलमै किताब पढ्न सक्ने भएका छन् । विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी विद्यालय तहका पाठ्यपुस्तक तथा सूचनायुक्त मोबाइल एप्सको विकास भएसँगै यो सुविधा उपलब्ध भएको हो ।
हरेक वर्ष समयमै पुस्तक नपाएर विद्यार्थीले भोग्नुपरेको सास्तीलाई चिर्न पाठ्यक्रम विकास केन्द्रले आइतवारबाट यो व्यवस्था शुरू गरेको हो । ढुवानीको समस्या, सरकारी ढिलासुस्तीजस्ता कारणले विशेषतः दुर्गम क्षेत्रका विद्यार्थी पुस्तक अभावमै आधा वर्षभन्दा बढी समय बिताउन बाध्य हुँदै आएका छन् ।
शैक्षिक सत्र शुरू हुनुअघि मन्त्रीदेखि सम्बन्धित अधिकारीहरूले समयमै पुस्तक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि सधैं अधुरै रहने गरेको थियो । त्यसकारण, हरेकजसोको हातमा मोबाइल पुगिसकेको वर्तमान अवस्थामा पुस्तक पुर्‍याउनतिरभन्दा पनि मोबाइल एप्स बनाउन पाठ्यक्रम विकास केन्द्रलाई विभिन्न व्यक्ति तथा क्षेत्रबाट सुझाव दिने क्रम बढ्न थालेको थियो ।
‘समयको माग र सबैको सुझावअनुरूप हामीले सीडीसी नेपाल नामक एप्स निर्माण गरी सार्वजनिक गरेका छौं,’ केन्द्रका प्रवक्ता टुकराज अधिकारीले भने, ‘यति भएपछि सम्भव भए विद्यार्थीले नभए शिक्षक, अभिभावकले एप्सका माध्यमले पाठ्यपुस्तक डाउनलोड गरी प्रिण्ट गरेर पनि पढ्न पढाउन सक्नेछन् ।’ उपलब्ध सामग्री एण्ड्रोइड एप्स सुविधा भएका मोबाइलका माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
हाल कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तक तथा केही सूचनाहरू एप्समा राखिएको छ । पाठ्यक्रम परिमार्जन भएअनुरूप नयाँ पाठ्यपुस्तक तथा आवश्यकताअनुरूप अन्य सामग्री थप गर्दै लैजाने प्रवक्ता अधिकारीले जानकारी दिए । ‘अब छिट्टै नै कक्षा १ देखि ५ सम्मका पुस्तक पनि हाल्छौं । १० को चाहिँ नयाँ पाठ्यक्रम आएपछि हाल्ने योजना छ,’ उनले भने, ‘यदि कतै पुरानै पाठ्यक्रमअनुरूपको पाठ्यपुस्तक पनि उपलब्ध नभएको खबर पाए हालकै पाठ्यपुस्तक पनि राख्नेछौं ।’
केन्द्रले प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मकै पाठ्यक्रम तथा पाठ्यपुस्तक एप्समा राख्ने योजना बनाएको छ । साधारण धार मात्र नभई केन्द्रले प्राविधिकतर्फको कक्षा ९ देखि १२ सम्मकै पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ, कम्प्युटर इञ्जिनीयरिङ, इलेक्ट्रिकल इञ्जिनीयरिङ र वनस्पति विज्ञानको पाठ्यक्रम तथा पाठ्यसामग्रीलाई पनि एप्समा समावेश गर्ने भएको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकबाहेक सीडीसी नेपाल एप्समा शिक्षक निर्देशिका, मातृभाषाका पाठ्यसामग्री, शिक्षकका लागि थप सामग्री, पाठ्यक्रमसम्बन्धी सूचना तथा जानकारीलगायतको सुविधा पनि रहने बताइएको छ ।

Thursday, August 25, 2016

Involvement of students in social work - Campion College

Bachelor College in Nepal
Bachelor College in Nepal

Plus 2 College in Nepal
Plus 2 College in Nepal


Today is Krishna Janmastami which is known as the birth date of Lord Krishna.
Today mostly people take fast and visit the Krishna mandir.
In Nepal, The Krishna Mandir at Buddhanilkantha, Patan Krishna Mandir are specially corwded with lots of people and
Students from college and school present over their for volunter.
In Patan Krishna Mandir, Students from Campion College are engaged in social work by providing the pure drinking water to those people who are visiting the temple.


For Further Details Visit:

http://plus2.collegeinnepal.com/

Wednesday, August 24, 2016

अपांगता भएका शिक्षकलाई विभेद

Plus 2 College in Nepal
Plus 2 College in Nepal

कक्षाकोठामा कोही विद्यार्थी ह्वीलचेयरमा छन् । कोही बैसाखी भित्तामा ठड्याएर डेस्कमा अडेस लागेर बसेका छन् । कतिले लुला गोडा भएकाहरूको वाकर बिसाएका छन् । कसैको हात छैन । कसैको मस्तिष्क राम्ररी चल्दैन । कतिका शरीर अररो छ । कोही होचापुड्का छन् । गोडा नभएका केहीले नक्कली खुट्टा फुकालेर भुइँमा पसारेका छन् । अधिकांश छात्रछात्रा शारीरिक अपांगता भएका छन् । जो जस्तो भए पनि सबैले एकनास पोसाक पहिरिएका छन्– आकाशे नीलो सर्ट, गाढा नीलो पाइन्ट वा फ्रक, गलामा कम्मरे टाई । कतिले जुत्ता लगाएका छन् भने कति चप्पलमै छन् । डेस्कमाथि सबैका झोला, किताब, कापी, कलम छन् ।
यो दृश्य हो, राजधानीको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयको । गत साताको सोमबार दिउँसो कक्षा छिर्दा यिनै विद्यार्थीलाई पढाइरहेकी थिइन् शिक्षक सुभद्रा श्रेष्ठ । ५८ वर्षकी यी दृष्टिविहीन शिक्षकले अबको दुई वर्षपछि अवकाश पाउँदै छिन् । अरू सामुदायिक विद्यालयका शिक्षकले अवकाशसँगै निवृत्तिभरण पाउँछन् । तर ४१ वर्षदेखि कार्यरत सुभद्राले एकमुष्ट उपदानमात्र पाउने छिन् । निमावि तृतीय श्रेणीमा कार्यरत उनको २०५२ देखि बढुवा भएको छैन ।
सुभद्रामात्रै होइन, लामो समयदेखि बढुवाको आसमा रहेका शिक्षकहरू यो विद्यालयमा अरू पनि छन् । २८ वर्षदेखि कार्यरत शिक्षक कृष्णबहादुर तामाङ पनि दुई दशकदेखि बढुवाको प्रतीक्षामा छन् । उनी निमावि तृतीय श्रेणीमा कार्यरत छन् । नन्दप्रसाद सापकोटा २२ वर्षदेखि प्रावि तृतीय तहमा कार्यरत छन् । यही विभेदका बाबजुद दरबन्दीका १६ शिक्षक निरन्तर पढाइरहेका छन् ।
‘ऐन, नियमावलीअनुसार वृत्ति विकास भएको छैन, १२ वर्षदेखि मावि तृतीय तहमै कार्यरत छु,’ विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडी भन्छन्, ‘यही अवस्था हो भने अबको २० वर्ष काम गरे पनि मावि तृतीयमै उपदान लिएर बाहिरिनुपर्ने हुन्छ । निवृत्तिभरण पाउँदैनौं ।’ मुलुकको शिक्षा ऐन एउटै छ । देशभरका सामुदायिक विद्यालयलाई त्यही ऐनले नियमन गर्छ । तर सामुदायिक विद्यालयकै शिक्षकहरूले सेवा सुविधामा भने विभेद भोगेका छन् । ‘ऐन र नियमावलीमा विशेष शिक्षालाई साधारण शिक्षासरह सञ्चालन गरिनेछ भनेर उल्लेख गरिएको छ,’ प्रधानाध्यापक दवाडी भन्छन्, ‘विशेष शिक्षामा कार्यरत शिक्षक, कर्मचारीको सेवा सुविधा पनि सामुदायिक विद्यालयमा कार्यरतसरह हुनेछ भनेर उल्लेख छ । तर तलब, भत्ता, ग्रेड, सञ्चयकोष सरकारले दिएको छैन ।’
अपांगता भएका बालबालिकालाई पढाउने विद्यालय देशभरमा ३४ वटा छन् । यस्ता विद्यालयमा शारीरिक अपांगता, सुस्तमनस्थिति, सुस्तश्रवण र दृष्टिविहीन गरी चार किसिमका विद्यार्थीलाई पढाइन्छन् ।
सामुदायिक विद्यालयमा स्थायी, अस्थायी, लियन, सट्टा, राहत, महिला, पीसीएफलगायत गरी १७ किसिमका शिक्षक छन् । त्यसरी पढाउनेमध्ये शारीरिक रूपमा अपांगता भएका र सांग गरी दऽई किसिमका शिक्षक छन् । अपांगता भएका बालबालिका पढाउने ३४ विद्यालयमा १ सय ७२ अपांगता भएका शिक्षक कार्यरत छन् । तिनैलाई ऐनले विभेद गरेको छ । उनीहरूले अन्य शिक्षकसरह सेवा सुविधा पाउँदैनन् ।
विशेष शिक्षक कर्मचारी संघर्ष समितिका अध्यक्षसमेत रहेका प्रधानाध्यापक दवाडीका अनुसार ती शिक्षकहरू कोही करारमा कार्यरत छन् ।
केही विद्यालयले आन्तरिक स्रोतबाट स्थायी गरेका छन् । विद्यालय सञ्चालक समितिले नियुक्ति गरेका लामो समयदेखि कार्यरत विशेष शिक्षाका शिक्षकलाई अध्यापन अनुमतिपत्र (लाइसेन्स) समेत व्यवस्था छैन । उनीहरू पेसाप्रति समर्पित भएरै लामो समयदेखि यस क्षेत्रमा छन् ।
सिनामंगलस्थित सुस्तमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयका प्रधानाध्यापक रवीन्द्र केसी सेवाभावले समर्पित भएर ३४ वर्षदेखि पढाइरहेको बताउँछन् ।
‘शिक्षकले न्यूनतम तलबमान मात्र पाएका छौं, जुन मौजुदा ऐनअनुसार छैन,’ स्थायी भए पनि साधारण शिक्षकसरह सेवा सुविधा नपाएको उल्लेख गर्दै उनले भने, ‘सरकारले विशेष शिक्षाका शिक्षकलाई मूलधारमा समाहित गर्न जरुरी छ । विशेष शिक्षामा कार्यरत शिक्षकलाई समान सेवा सुविधाको व्यवस्था गर्न‘पर्छ भन्ने हाम्रो माग जारी छ ।’
सरकारले विशेष शिक्षा दिने विद्यालयलाई सामुदायिक विद्यालयसरहको व्यवस्था गर्न सकेको छैन । शिक्षा मन्त्रालयअन्तर्गत विशेष शिक्षा परिषदको व्यवस्था गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार परिषद्ले विशेष शिक्षाको नीति तर्जुमा, बजेट स्वीकृति, शिक्षक–कर्मचारीको सेवा सुविधा, छात्रवृत्तिलगायतको व्यवस्था गर्ने गरेको छ । ‘विशेष शिक्षा परिषदन्तर्गत रहेकाले यसका शिक्षकलाई सामुदायिक विद्यालयसरहको दरबन्दी कायम गरिएको छैन,’ प्रवक्ता लम्सालले भने, ‘परिषदको अध्यक्ष शिक्षामन्त्री र सदस्यसचिव शिक्षा विभागका महानिर्देशक रहने व्यवस्था छ । समयअनुकूल परिषद्ले निर्णय गर्दछ ।’
तत्कालीन मन्त्रिपरिषद्ले २०६९ साउन २ गते विशेष शिक्षा परिषदन्तर्गत शिक्षकहरूका सम्बन्धमा आठबुँदे निर्णय गरेको थियो । जसअनुसार उमेरले ६० वर्ष पुगेकाले अनिवार्य अवकाश पाउने र सेवा अवधिअनुसार एकमुष्ट अनुदान दिने व्यवस्था गरिएको छ ।
यस्तै, पाँचदेखि दस वर्षसम्म सेवा गरेका शिक्षकले प्रत्येक वर्षका निमित्त आखिरी महिनाको आधा महिना बराबरको तलब, पन्ध्र वर्ष सेवा गरेकाले आखिरी महिनाको एक महिना बराबरको तलब, पन्ध्र वर्षभन्दा बढी सेवा गरेकाले आखिरी महिनाको डेढ महिना बराबरको तलब अनुदान दिने उक्त निर्णयमा उल्लेख छ । अभिलेखका आधारमा सञ्चित बिरामी बिदाको रकम दिने पनि निर्णय भएको थियो ।

Tuesday, August 23, 2016

विश्वभरका स्कुलसम्बन्धी केही रोचक तथ्य

Technical Education in Nepal
Technical Education in Nepal






शिक्षा तथा ज्ञान आर्जन गर्ने थलो अर्थात् हिन्दु धर्मानुसार सरस्वतीको मन्दिर मानिने स्कुल मानिसलाई साँच्चीकै मानिस बनाउने थलो हो ।
संख्यामा गन्ने हो भने विश्वमा करोडौँ स्कुलहरु होलान् र हरेक स्कुलका आ आफ्ना विशेषता होलान् । औपचारिक शिक्षा तथा शिक्षा प्राप्त गर्ने स्कुल सम्बन्धी केही त्यस्ता रोचक तथ्यहरु छन् जो तपाइँलाई थाहा नहुनसक्छ ।
· भारतको लखनउमा रहेको सिटी मन्टेश्वरी स्कुल दुनियामा सबैभन्दा धेरै विद्यार्थीले पढ्ने स्कुल हो । यो स्कुलमा ३२ हजार विद्यार्थी छन् ।
· चीनमा स्कुलमा विद्यार्थीहरुलाई दुनियामै सबैभन्दा धेरै होमवर्क दिइन्छ । हरेक किशोर किशोरी विद्यार्थीले हप्तामा १४ घण्टा त होमवर्कमै बिताउँछन् ।
· चिलीमा वर्षमा ३ महिना गर्मी विदा दिइन्छ ।
· नेदरल्याण्डमा बच्चा ४ वर्षको भएको दिनमा स्कुल पठाउने चलन छ । अर्थात् वर्षभरीनै हरेक त्यहाँका स्कुलमा नयाँ विद्यार्थी भर्ना हुन आइरहन्छन् ।
· इटालीको टूरिनमा विश्वको सबैभन्दा सानो स्कुल छ । उक्त स्कुलमा केवल एकजना मात्र विद्यार्थीले पढि्छन् । ती विद्यार्थीको नाम सोफिया हो । यो स्कुलमा शिक्षक पनि एकजना मात्र छन् ।
· फिनल्याण्डमा सात वर्षका भएपछि मात्र बालबालिका स्कुल जान थाल्दछन् ।
· ब्राजिलमा परिवारसँगै बसेर खाना खानु आम संस्कृति हो । त्यसैले त्यहाँ बिहान ७ बजेदेखि स्कुल सुरु हुन्छ र विद्यार्थीलाई घरमा परिवारसँग लञ्च खानका लागि दिउसो लामो समय विदा दिइन्छ ।
·  इरानमा कलेजमा नपुग्दासम्म छात्रा र छात्रलाई छुट्टाछुट्टै पढाइन्छ ।