College in Nepal |
जुम्लामा अर्काको नाममा परीक्षा दिँदै गरेका चार
परीक्षार्थीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कालोसूचीमा
राखेको छ ।
शनिबार चन्दननाथ उमावि जुम्लामा भएको एचए सङ्कायको
परीक्षामा चार परीक्षार्थीले अर्कैको सट्टामा परीक्षा दिइरहेको भेटिएको
प्रतिष्ठानका डिन गायत्री राईले बताइन् । “गतवर्ष झैँ यसवर्ष पनि गलत हर्कत
गर्न खोज्ने चारै परीक्षार्थीलाई नियन्त्रणमा लिएर उनीहरुको परीक्षा रद्ध
गरेका छौँ र दुई वर्षसम्म परीक्षा दिन नपाउनेगरी कालोसूचीमा राख्ने निर्णय
भएको छ” – डिन राईले भनिन् ।
उनका अनुसार एकजना महिला परीक्षार्थीले दिएको परीक्षामा
शङ्का लागेर नागरिकता लिन पठाउँदा उनी नफर्केकाले सो उत्तरपुस्तिका
पेन्डिङमा राखिएको छ ।
एचएको परीक्षामा नेपालगन्ज र जुम्ला गरी २३७ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्ष टङ्कबहादुर महतले जानकारी दिए ।
शनिबार नै स्टाफ नर्सको परीक्षा पनि सम्पन्न गरिएको छ । उक्त परीक्षामा ११३ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्षले बताए ।
गतवर्षको एचए परीक्षाका कारण ठूलो समस्या निम्तिएकाले
यसवर्ष संवेदनशीलता अपनाएर व्यवस्थित एवम् मर्यादित ढङ्गले परीक्षा सञ्चालन
गरिएको उनको भनाइ छ ।
ओएमआर मेसिन जुम्ला नआइसकेकाले चेकजाँचका लागि शनिबार नै सडक मार्गबाट उत्तरपुस्तिका काठमाडौँ लगिएको प्रतिष्ठान जुम्लाले जनाएको छ ।
No comments:
Post a Comment