Master Degree in Nepal |
नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुरमा अध्ययनरत
विद्यार्थीले प्राकृतिक प्रकोपमा जमिन तथा मानवनिर्मित संरचनाभित्र फसेका
मानिसको उद्धारमा सहयोगी हुने रोबोट निर्माण गरेका छन् ।
इन्स्टिच्युटअन्तर्गत
इलेक्ट्रिकल ओभरसियर छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भत्किएका
संरचना र जमिनभित्र गई त्यहाँ भएका जीवित मानिसलाई उद्धार गर्न विशेष
किसिमको सूचना जडित प्रविधि जडित गरी रोबोट बनाएका हुन् ।रोबोटले संरचनाभित्र पुरिएर रहेका मानिसको अवस्थाका बारेमा भिडियो तथा अडियो सूचना नियमित प्रवाह गर्नेगरी निर्माण गरिएको निर्माणको नेतृत्व गरेका विद्यार्थी श्यामकृष्ण खतिवडाले बताउनुभयो । ब्याड पाक्स नामाकरण गरिएको उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने खतिवडाको भनाइ छ ।
विशेष प्रकारको ३६० डिग्री घुमाउन मिल्ने क्यामरा जडान गरिएको उक्त रोबोटले संरचनाभित्रको अवस्थाको भिडियो नियमित कम्प्युटरमा पठाउने गर्दछ ।
रोबोटको माध्यमबाट विपत्तिमा परेका मानिसलाई औषधि तथा पानी पनि पु¥याउन सक्ने गरी डिजाइन गरिएको अर्का विद्यार्थी अभिषेक काफ्लेले बताउनुभयो । विद्यार्थीले ५० हजार रुपैयाँ लागतमा करिब नौ महिनाको मिहिनेतपछि उक्त रोबोट तयार पारेका हुन् ।
इन्स्टिच्युटका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्यायले प्राकृतिक विपत्तिमा परेकाको उद्धारमा रोबोट सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट अन्य विद्यार्थीलाई प्रेरणा मिल्ने पनि बताउनुभयो । आगामी दिनमा यसलाई अझै सुधार गरी लैजान कलेजले सहयोग गर्ने उहाँको भनाइ थियो ।
कलेजका प्रमुख प्रशासक शिव सुवेदीले विद्यार्थीको लगनशीलताको प्रशंसा गर्दै अनुशासित भएर अध्ययन–अनुसन्धान गर्दाको परिणाम यो रोबोट तयार भएको बताउनुभयो ।
No comments:
Post a Comment