Sunday, August 28, 2016

काठमाडौंमा आइसीटी सम्मेलन-Technical Education in Nepal

Technical Education in Nepal
Technical Education in Nepal


सूचना प्रविधिका विद्यार्थीहरुले अन्र्तराष्ट्रियस्तरको सम्मेलनमा आफैं कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका छन् ।
सूचना प्रविधि सम्बद्ध विभिन्न संस्थाको आयोजनामा शनिबार काठमाडौंमा भएको सूचना प्रविधि सम्बन्धी तेस्रो अन्र्तराष्ट्रिय सम्मेलनमा विद्यार्थीहरुले कार्यपत्र प्रस्तुत गर्ने अवसर पाएका हुन् ।
सम्मेलनमा ४० वटा कार्यपत्र प्रस्तुत गरिएकामा अधिकांश कार्यपत्र विद्यार्थीले प्रस्तुत गरेका थिए । सूचना प्रविधिको क्षेत्रका विद्यार्थीहरुमा नेतृत्व क्षमता विकास गर्ने प्रयासस्वरुप विद्यार्थीहरुलाई उनीहरुले आर्जन गरेको ज्ञानमा आधारित भएर कार्यपत्र प्रस्तुत गर्ने मौका दिइएको आयोजकले जनाएका छन् ।
सम्मेलनमा सार्क मुलुकका अलावा जापान र डेनमार्कका विद्यार्थी तथा विशेषज्ञ सहभागी थिए ।

For Further Details Visit:

Saturday, August 27, 2016

अर्काको नाममा एचएको परीक्षा दिँदै गरेका चार परीक्षार्थी कालोसूचीमा - College in Nepal

College in Nepal
College in Nepal

जुम्लामा अर्काको नाममा परीक्षा दिँदै गरेका चार परीक्षार्थीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले कालोसूचीमा राखेको छ ।
शनिबार चन्दननाथ उमावि जुम्लामा भएको एचए सङ्कायको परीक्षामा चार परीक्षार्थीले अर्कैको सट्टामा परीक्षा दिइरहेको भेटिएको प्रतिष्ठानका डिन गायत्री राईले बताइन् । “गतवर्ष झैँ यसवर्ष पनि गलत हर्कत गर्न खोज्ने चारै परीक्षार्थीलाई नियन्त्रणमा लिएर उनीहरुको परीक्षा रद्ध गरेका छौँ र दुई वर्षसम्म परीक्षा दिन नपाउनेगरी कालोसूचीमा राख्ने निर्णय भएको छ” – डिन राईले भनिन्  ।
उनका अनुसार एकजना महिला परीक्षार्थीले दिएको परीक्षामा शङ्का लागेर नागरिकता लिन पठाउँदा उनी नफर्केकाले सो उत्तरपुस्तिका पेन्डिङमा राखिएको छ ।
एचएको परीक्षामा नेपालगन्ज र जुम्ला गरी २३७ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्ष टङ्कबहादुर महतले जानकारी दिए ।
शनिबार नै स्टाफ नर्सको परीक्षा पनि सम्पन्न गरिएको छ । उक्त परीक्षामा ११३ जना परीक्षार्थी सामेल भएको केन्द्राध्यक्षले बताए ।
गतवर्षको एचए परीक्षाका कारण ठूलो समस्या निम्तिएकाले यसवर्ष संवेदनशीलता अपनाएर व्यवस्थित एवम् मर्यादित ढङ्गले परीक्षा सञ्चालन गरिएको उनको भनाइ छ ।
ओएमआर मेसिन जुम्ला नआइसकेकाले चेकजाँचका लागि शनिबार नै सडक मार्गबाट उत्तरपुस्तिका काठमाडौँ लगिएको प्रतिष्ठान जुम्लाले जनाएको छ ।

Friday, August 26, 2016

हार्भर्ड विश्वविद्यालयले बनायो विश्वकै पहिलो सफ्ट रोबोट-Technical Education in Nepal

Technical Education in Nepal
Technical Education in Nepal


हार्भर्ड विश्वविद्यालयले विश्वकै पहिलो स्वःचालित सफ्ट रोबोटको विकास गरेको छ । अक्टोबोट भनेर चिनिने यस्तो रोबोटमा सफ्ट रोबोटिक्सको मात्र प्रयोग गरिएको हुनाले यो पूर्णरुपमा सफ्ट रोबोट अर्थात् नरम रोबोट हो ।
अक्टोबोटमा धातु तथा प्लास्टिकको विल्कुलै प्रयोग गरिएको छैन । यसलाई थ्रिडी प्रिन्टिङ, मोल्डिङ र सफ् लिथोग्राफि प्रविधीहरुको प्रयोग गरेर विकास गरएको हो ।
रोबोटको विकास गरेका इन्निनियरहरु रोबोर्ट उड र जेनिफर लेविस्का अनुसार अक्टोपसबाट प्रभावित भएर अक्टोबोटको विकास गरिएको हो । अक्टोबोटका पनि ८ ओटा भुजाहरु रहेका छन् जुन दुरुस्तै आक्टोपसका भुजाहरु जस्तै देखिनुका साथै त्यसैगरी चल्दछन् पनि ।
हार्भर्ड विश्वविद्यालयले यस अक्टोबोटको विकासले जटिल डिजाइनहरुलाई नयाँ ढंगबाट विकास गर्न सक्ने आधार खडा गरेको विस्वास व्यक्त गरेको छ । यसमा प्रयोग भएका ब्याट्री तथा इलेकट्रोनिक कन्ट्रोलहरु पनि नरम छन् ।
रोबोट चल्ने इन्धनको रुपमा हाइड्रोजन पिरोक्साइडबाट बनेको ग्याँसलाई प्रयोग गरिएको छ । रिसर्चरहरुका अनुसार यस सफ्ट रोबोटले आफ्नो वरिपरि रहेका वस्तुमा आवतजावत गर्न र सञ्चार गर्न सक्दछ ।

अब मोबाइलमै किताब-Bachelor College in Nepal

Bachelor College in Nepal
Bachelor College in Nepal






अब विद्यार्थीले मोबाइलमै किताब पढ्न सक्ने भएका छन् । विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी विद्यालय तहका पाठ्यपुस्तक तथा सूचनायुक्त मोबाइल एप्सको विकास भएसँगै यो सुविधा उपलब्ध भएको हो ।
हरेक वर्ष समयमै पुस्तक नपाएर विद्यार्थीले भोग्नुपरेको सास्तीलाई चिर्न पाठ्यक्रम विकास केन्द्रले आइतवारबाट यो व्यवस्था शुरू गरेको हो । ढुवानीको समस्या, सरकारी ढिलासुस्तीजस्ता कारणले विशेषतः दुर्गम क्षेत्रका विद्यार्थी पुस्तक अभावमै आधा वर्षभन्दा बढी समय बिताउन बाध्य हुँदै आएका छन् ।
शैक्षिक सत्र शुरू हुनुअघि मन्त्रीदेखि सम्बन्धित अधिकारीहरूले समयमै पुस्तक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै आए पनि सधैं अधुरै रहने गरेको थियो । त्यसकारण, हरेकजसोको हातमा मोबाइल पुगिसकेको वर्तमान अवस्थामा पुस्तक पुर्‍याउनतिरभन्दा पनि मोबाइल एप्स बनाउन पाठ्यक्रम विकास केन्द्रलाई विभिन्न व्यक्ति तथा क्षेत्रबाट सुझाव दिने क्रम बढ्न थालेको थियो ।
‘समयको माग र सबैको सुझावअनुरूप हामीले सीडीसी नेपाल नामक एप्स निर्माण गरी सार्वजनिक गरेका छौं,’ केन्द्रका प्रवक्ता टुकराज अधिकारीले भने, ‘यति भएपछि सम्भव भए विद्यार्थीले नभए शिक्षक, अभिभावकले एप्सका माध्यमले पाठ्यपुस्तक डाउनलोड गरी प्रिण्ट गरेर पनि पढ्न पढाउन सक्नेछन् ।’ उपलब्ध सामग्री एण्ड्रोइड एप्स सुविधा भएका मोबाइलका माध्यमबाट प्राप्त गर्न सकिनेछ ।
हाल कक्षा १ देखि १० सम्मका पाठ्यक्रम र कक्षा ६ देखि ९ सम्मका पाठ्यपुस्तक तथा केही सूचनाहरू एप्समा राखिएको छ । पाठ्यक्रम परिमार्जन भएअनुरूप नयाँ पाठ्यपुस्तक तथा आवश्यकताअनुरूप अन्य सामग्री थप गर्दै लैजाने प्रवक्ता अधिकारीले जानकारी दिए । ‘अब छिट्टै नै कक्षा १ देखि ५ सम्मका पुस्तक पनि हाल्छौं । १० को चाहिँ नयाँ पाठ्यक्रम आएपछि हाल्ने योजना छ,’ उनले भने, ‘यदि कतै पुरानै पाठ्यक्रमअनुरूपको पाठ्यपुस्तक पनि उपलब्ध नभएको खबर पाए हालकै पाठ्यपुस्तक पनि राख्नेछौं ।’
केन्द्रले प्रारम्भिक बालशिक्षादेखि कक्षा १२ सम्मकै पाठ्यक्रम तथा पाठ्यपुस्तक एप्समा राख्ने योजना बनाएको छ । साधारण धार मात्र नभई केन्द्रले प्राविधिकतर्फको कक्षा ९ देखि १२ सम्मकै पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ, कम्प्युटर इञ्जिनीयरिङ, इलेक्ट्रिकल इञ्जिनीयरिङ र वनस्पति विज्ञानको पाठ्यक्रम तथा पाठ्यसामग्रीलाई पनि एप्समा समावेश गर्ने भएको छ । पाठ्यक्रम तथा पाठ्यपुस्तकबाहेक सीडीसी नेपाल एप्समा शिक्षक निर्देशिका, मातृभाषाका पाठ्यसामग्री, शिक्षकका लागि थप सामग्री, पाठ्यक्रमसम्बन्धी सूचना तथा जानकारीलगायतको सुविधा पनि रहने बताइएको छ ।

Thursday, August 25, 2016

Involvement of students in social work - Campion College

Bachelor College in Nepal
Bachelor College in Nepal

Plus 2 College in Nepal
Plus 2 College in Nepal


Today is Krishna Janmastami which is known as the birth date of Lord Krishna.
Today mostly people take fast and visit the Krishna mandir.
In Nepal, The Krishna Mandir at Buddhanilkantha, Patan Krishna Mandir are specially corwded with lots of people and
Students from college and school present over their for volunter.
In Patan Krishna Mandir, Students from Campion College are engaged in social work by providing the pure drinking water to those people who are visiting the temple.


For Further Details Visit:

http://plus2.collegeinnepal.com/

Wednesday, August 24, 2016

अपांगता भएका शिक्षकलाई विभेद

Plus 2 College in Nepal
Plus 2 College in Nepal

कक्षाकोठामा कोही विद्यार्थी ह्वीलचेयरमा छन् । कोही बैसाखी भित्तामा ठड्याएर डेस्कमा अडेस लागेर बसेका छन् । कतिले लुला गोडा भएकाहरूको वाकर बिसाएका छन् । कसैको हात छैन । कसैको मस्तिष्क राम्ररी चल्दैन । कतिका शरीर अररो छ । कोही होचापुड्का छन् । गोडा नभएका केहीले नक्कली खुट्टा फुकालेर भुइँमा पसारेका छन् । अधिकांश छात्रछात्रा शारीरिक अपांगता भएका छन् । जो जस्तो भए पनि सबैले एकनास पोसाक पहिरिएका छन्– आकाशे नीलो सर्ट, गाढा नीलो पाइन्ट वा फ्रक, गलामा कम्मरे टाई । कतिले जुत्ता लगाएका छन् भने कति चप्पलमै छन् । डेस्कमाथि सबैका झोला, किताब, कापी, कलम छन् ।
यो दृश्य हो, राजधानीको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयको । गत साताको सोमबार दिउँसो कक्षा छिर्दा यिनै विद्यार्थीलाई पढाइरहेकी थिइन् शिक्षक सुभद्रा श्रेष्ठ । ५८ वर्षकी यी दृष्टिविहीन शिक्षकले अबको दुई वर्षपछि अवकाश पाउँदै छिन् । अरू सामुदायिक विद्यालयका शिक्षकले अवकाशसँगै निवृत्तिभरण पाउँछन् । तर ४१ वर्षदेखि कार्यरत सुभद्राले एकमुष्ट उपदानमात्र पाउने छिन् । निमावि तृतीय श्रेणीमा कार्यरत उनको २०५२ देखि बढुवा भएको छैन ।
सुभद्रामात्रै होइन, लामो समयदेखि बढुवाको आसमा रहेका शिक्षकहरू यो विद्यालयमा अरू पनि छन् । २८ वर्षदेखि कार्यरत शिक्षक कृष्णबहादुर तामाङ पनि दुई दशकदेखि बढुवाको प्रतीक्षामा छन् । उनी निमावि तृतीय श्रेणीमा कार्यरत छन् । नन्दप्रसाद सापकोटा २२ वर्षदेखि प्रावि तृतीय तहमा कार्यरत छन् । यही विभेदका बाबजुद दरबन्दीका १६ शिक्षक निरन्तर पढाइरहेका छन् ।
‘ऐन, नियमावलीअनुसार वृत्ति विकास भएको छैन, १२ वर्षदेखि मावि तृतीय तहमै कार्यरत छु,’ विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडी भन्छन्, ‘यही अवस्था हो भने अबको २० वर्ष काम गरे पनि मावि तृतीयमै उपदान लिएर बाहिरिनुपर्ने हुन्छ । निवृत्तिभरण पाउँदैनौं ।’ मुलुकको शिक्षा ऐन एउटै छ । देशभरका सामुदायिक विद्यालयलाई त्यही ऐनले नियमन गर्छ । तर सामुदायिक विद्यालयकै शिक्षकहरूले सेवा सुविधामा भने विभेद भोगेका छन् । ‘ऐन र नियमावलीमा विशेष शिक्षालाई साधारण शिक्षासरह सञ्चालन गरिनेछ भनेर उल्लेख गरिएको छ,’ प्रधानाध्यापक दवाडी भन्छन्, ‘विशेष शिक्षामा कार्यरत शिक्षक, कर्मचारीको सेवा सुविधा पनि सामुदायिक विद्यालयमा कार्यरतसरह हुनेछ भनेर उल्लेख छ । तर तलब, भत्ता, ग्रेड, सञ्चयकोष सरकारले दिएको छैन ।’
अपांगता भएका बालबालिकालाई पढाउने विद्यालय देशभरमा ३४ वटा छन् । यस्ता विद्यालयमा शारीरिक अपांगता, सुस्तमनस्थिति, सुस्तश्रवण र दृष्टिविहीन गरी चार किसिमका विद्यार्थीलाई पढाइन्छन् ।
सामुदायिक विद्यालयमा स्थायी, अस्थायी, लियन, सट्टा, राहत, महिला, पीसीएफलगायत गरी १७ किसिमका शिक्षक छन् । त्यसरी पढाउनेमध्ये शारीरिक रूपमा अपांगता भएका र सांग गरी दऽई किसिमका शिक्षक छन् । अपांगता भएका बालबालिका पढाउने ३४ विद्यालयमा १ सय ७२ अपांगता भएका शिक्षक कार्यरत छन् । तिनैलाई ऐनले विभेद गरेको छ । उनीहरूले अन्य शिक्षकसरह सेवा सुविधा पाउँदैनन् ।
विशेष शिक्षक कर्मचारी संघर्ष समितिका अध्यक्षसमेत रहेका प्रधानाध्यापक दवाडीका अनुसार ती शिक्षकहरू कोही करारमा कार्यरत छन् ।
केही विद्यालयले आन्तरिक स्रोतबाट स्थायी गरेका छन् । विद्यालय सञ्चालक समितिले नियुक्ति गरेका लामो समयदेखि कार्यरत विशेष शिक्षाका शिक्षकलाई अध्यापन अनुमतिपत्र (लाइसेन्स) समेत व्यवस्था छैन । उनीहरू पेसाप्रति समर्पित भएरै लामो समयदेखि यस क्षेत्रमा छन् ।
सिनामंगलस्थित सुस्तमनस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालयका प्रधानाध्यापक रवीन्द्र केसी सेवाभावले समर्पित भएर ३४ वर्षदेखि पढाइरहेको बताउँछन् ।
‘शिक्षकले न्यूनतम तलबमान मात्र पाएका छौं, जुन मौजुदा ऐनअनुसार छैन,’ स्थायी भए पनि साधारण शिक्षकसरह सेवा सुविधा नपाएको उल्लेख गर्दै उनले भने, ‘सरकारले विशेष शिक्षाका शिक्षकलाई मूलधारमा समाहित गर्न जरुरी छ । विशेष शिक्षामा कार्यरत शिक्षकलाई समान सेवा सुविधाको व्यवस्था गर्न‘पर्छ भन्ने हाम्रो माग जारी छ ।’
सरकारले विशेष शिक्षा दिने विद्यालयलाई सामुदायिक विद्यालयसरहको व्यवस्था गर्न सकेको छैन । शिक्षा मन्त्रालयअन्तर्गत विशेष शिक्षा परिषदको व्यवस्था गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालका अनुसार परिषद्ले विशेष शिक्षाको नीति तर्जुमा, बजेट स्वीकृति, शिक्षक–कर्मचारीको सेवा सुविधा, छात्रवृत्तिलगायतको व्यवस्था गर्ने गरेको छ । ‘विशेष शिक्षा परिषदन्तर्गत रहेकाले यसका शिक्षकलाई सामुदायिक विद्यालयसरहको दरबन्दी कायम गरिएको छैन,’ प्रवक्ता लम्सालले भने, ‘परिषदको अध्यक्ष शिक्षामन्त्री र सदस्यसचिव शिक्षा विभागका महानिर्देशक रहने व्यवस्था छ । समयअनुकूल परिषद्ले निर्णय गर्दछ ।’
तत्कालीन मन्त्रिपरिषद्ले २०६९ साउन २ गते विशेष शिक्षा परिषदन्तर्गत शिक्षकहरूका सम्बन्धमा आठबुँदे निर्णय गरेको थियो । जसअनुसार उमेरले ६० वर्ष पुगेकाले अनिवार्य अवकाश पाउने र सेवा अवधिअनुसार एकमुष्ट अनुदान दिने व्यवस्था गरिएको छ ।
यस्तै, पाँचदेखि दस वर्षसम्म सेवा गरेका शिक्षकले प्रत्येक वर्षका निमित्त आखिरी महिनाको आधा महिना बराबरको तलब, पन्ध्र वर्ष सेवा गरेकाले आखिरी महिनाको एक महिना बराबरको तलब, पन्ध्र वर्षभन्दा बढी सेवा गरेकाले आखिरी महिनाको डेढ महिना बराबरको तलब अनुदान दिने उक्त निर्णयमा उल्लेख छ । अभिलेखका आधारमा सञ्चित बिरामी बिदाको रकम दिने पनि निर्णय भएको थियो ।

Tuesday, August 23, 2016

विश्वभरका स्कुलसम्बन्धी केही रोचक तथ्य

Technical Education in Nepal
Technical Education in Nepal






शिक्षा तथा ज्ञान आर्जन गर्ने थलो अर्थात् हिन्दु धर्मानुसार सरस्वतीको मन्दिर मानिने स्कुल मानिसलाई साँच्चीकै मानिस बनाउने थलो हो ।
संख्यामा गन्ने हो भने विश्वमा करोडौँ स्कुलहरु होलान् र हरेक स्कुलका आ आफ्ना विशेषता होलान् । औपचारिक शिक्षा तथा शिक्षा प्राप्त गर्ने स्कुल सम्बन्धी केही त्यस्ता रोचक तथ्यहरु छन् जो तपाइँलाई थाहा नहुनसक्छ ।
· भारतको लखनउमा रहेको सिटी मन्टेश्वरी स्कुल दुनियामा सबैभन्दा धेरै विद्यार्थीले पढ्ने स्कुल हो । यो स्कुलमा ३२ हजार विद्यार्थी छन् ।
· चीनमा स्कुलमा विद्यार्थीहरुलाई दुनियामै सबैभन्दा धेरै होमवर्क दिइन्छ । हरेक किशोर किशोरी विद्यार्थीले हप्तामा १४ घण्टा त होमवर्कमै बिताउँछन् ।
· चिलीमा वर्षमा ३ महिना गर्मी विदा दिइन्छ ।
· नेदरल्याण्डमा बच्चा ४ वर्षको भएको दिनमा स्कुल पठाउने चलन छ । अर्थात् वर्षभरीनै हरेक त्यहाँका स्कुलमा नयाँ विद्यार्थी भर्ना हुन आइरहन्छन् ।
· इटालीको टूरिनमा विश्वको सबैभन्दा सानो स्कुल छ । उक्त स्कुलमा केवल एकजना मात्र विद्यार्थीले पढि्छन् । ती विद्यार्थीको नाम सोफिया हो । यो स्कुलमा शिक्षक पनि एकजना मात्र छन् ।
· फिनल्याण्डमा सात वर्षका भएपछि मात्र बालबालिका स्कुल जान थाल्दछन् ।
· ब्राजिलमा परिवारसँगै बसेर खाना खानु आम संस्कृति हो । त्यसैले त्यहाँ बिहान ७ बजेदेखि स्कुल सुरु हुन्छ र विद्यार्थीलाई घरमा परिवारसँग लञ्च खानका लागि दिउसो लामो समय विदा दिइन्छ ।
·  इरानमा कलेजमा नपुग्दासम्म छात्रा र छात्रलाई छुट्टाछुट्टै पढाइन्छ ।

Monday, August 22, 2016

ट्रिनिटी कलेजमा छापामारी; पढ्नेहरुले होस गर्नुपर्ने

Bachelor College in Nepal
Bachelor College in Nepal
 
 
काठमाडौं। काठमाडौं डिल्लीबजारस्थित ट्रिनिटी कलेजमा पढ्ने विद्यार्थीहरु होसियार हुनुपर्ने देखिएको छ। आफ्ना छोराछोरीलाई विहानै कलेज पढ्न पठाउने बा आमाहरु पनि सो कलेजमा पठाउनुअघी सचेत हुनुपर्ने देखिएको छ। यो कुनै आग्रह वा पूर्वाग्रहका कारणले भनिएको हैन। सरकारी निकायले कलेजमा गरेको छापामारी र अनुसन्धानका क्रममा सो कलेजमा अध्ययन गर्नेहरुले अपनाउनुपर्ने सावधानीका बारेमा सुझाइएको मात्र हो।
डिल्लीबजारस्थित ट्रिनिटी कलेजमा आपूर्ती मन्त्रालयको आपूर्ती व्यवस्थापन विभागबाट भदौ ५ गते गरिएको अनुगमनका क्रममा कलेज क्यान्टीनमा पकाउने सामानहरु कुहिएको, सडेगलेको र ढुसी लागेको अवस्थामा फेला परेको हो। कुहिएको, सडेगलेको र ढुसी लागेको अवस्थामा रहेको सामानहरु नै पकाउन प्रयोग भएको अनुगमनकर्ताहरुले फेला पारेपछि त्यहाँ अध्ययन गर्नेहरुले त्यहाँको क्यान्टीनमा खानु अघी दश पटक सोच्नु पर्ने भएको हो। क्यान्टीन अत्यन्तै फोहोर रहेको अवस्थामा अनुगमन टोलीले फेला पारेपछि ट्रिनिटी कलेजको क्यान्टीनमा विभागको टोलीले शिलवन्दी नै गरेको छ। साथै विभागले थप कार्वाहीको प्रक्रिया पनि अघी बढाएको छ।
अध्ययन गर्न आउने विद्यार्थीहरुले खाने खानेकुरामा खेलवाड हुँदा समेत कलेज प्रसासनले ध्यान नदिएको विषयलाई लिएर अनुगमनकर्ताहरुले कलेज प्रसासनलाई चेतावनी समेत दिएको छ। कलेजमा खाएर फर्केका विद्यार्थीहरु विरामी पर्न थालेको गुनासो आउन थालेपछि छड्के अनुगमनका क्रममा ट्रिनिटीमा विभागले छापा मारेको थियो।
विभागले ललितपुरको जनरल प्राक्टिस क्लिनिक लगनखेल, पोलिक्लिनिक आयुष फार्मेसी लगनखेल र हेल्थ लिङक रिलायवल ल्याव तथा क्लिनिकमा पनि शिलवन्दी गरि थप कार्वाही अघी बढाएको आपूर्ती मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मी जानकरी दिएका छन्।
विभागले चौधरी ग्रुपको सिजी मार्ट कलंकीलाई पनि म्याद सकिएको सामान विक्री गरिएको भेटिएपछि कार्वाही गरेको छ। सुलभ सुपरस्टोर वालाजु अर्ग्यानिक किचन मार्टमा पनि छापामारी विभागले कार्वाही गरेको छ।

विधार्थी साथीहरुलाई यी १२ कार्य गर्न मेरो च्यालेन्ज :)

 Top 10 Colleges in Nepal
Top 10 Colleges in Nepal

 
विधार्थी साथीहरुलाई कलेज सक्काउनु अघि मेरो यो १२ कार्य गर्न च्यालेन्ज
१) ईन्टर्नशीप गर्नुहोस्: पढ्दा पढ्दै बर्षमा एक पटक स्कुल-कलेज बाहिरको दुनियाँमा गएर कुनै संगठन, व्यवसाय वा अभियानमा सित्तैमा काम गर्नुहोस्। व्यवहारिक शिक्षा हाम्रो स्कुल र कलेजमा पाईदैँन। ‘ईन्टर्न’ गरेरै वास्तविक जिन्दगीको लागि तयारी गर्नुहोस्।
२) प्रतिभा निकाल्नुहोस्: कलेज-स्कुलमा नाच-गान, नाटकमा वा परोपकारी कार्यको लागि श्रोत संकलन गर्न लाग्नुहोस्। अाफ्नो बौद्दिक विविधतालाई फराकिलो बनाउनुहोस्, ढिलो भन्दा चाँडो अाफ्नो अात्मविश्वास बढाउनुहोस्।
३) अर्थ-बारे सिक्नुहोस्: हाम्रो जीवनमा वित्त/अर्थ कसरी काम गर्छ राम्ररी सिक्नुहोस् (अाजै “कम्पाउन्ड ईन्ट्रेस्ट” र “एक्सपोनेनसियल फन्कसन” कसरी काम गर्छ-अनुसन्धान गर्नुहोस्। सम्पन्नताले हामीलाई अाफ्नो सपना तिर उन्मुख हुन स्वतन्त्रता दिलाउँछ । त्यसैले य़सको अाधारभुत अाधार सिकम् !
४) अनुदान दिनुहोस्: अाफुले जे पाउनु हुन्छ त्यसको कम्तिमा १० को १ भाग दान दिने नियम बनाउनुहोस्। करुणा गर्नु भनेकै अनजानहरुलाई अाफु सँग भएको कुरा बाँड्नु हो जसले तपाईँको गुण थाहै पाउन्नन्।
५) यात्रामा जानुहोस्: नेपालका हिमाल, पहाड र तराईका बिकट गाउँहरुमा भ्रमण गर्नुहोस् हरेक क्षेत्रमा २ हफ्ता समय बिताउनुहोस्। अाफ्नो देश र अाफ्नो वातावरण जान्नु भयो भने नै अाफैलाई पनि बुझ्न सकिन्छ।
६) मेन्टर हुनुहोस्: अाफू भन्दा तल्लो क्लासका कुनै एक विधार्थीलाई अाफ्नो काधँमा लिनुहोस् र उन्लाई बाटो डोहर्याउनुहोस्। कसैलाई जीवनको शुरुवाती दिनमा ठिक बाटोमा डोहर्याउन सके पछि त्यहि कोहि मानवजातीकै लागि ठुलो मार्ग दर्शक बन्न सक्छ।
७) प्रयोगमा ल्याउनुहोस्: शक्तिशाली सुचनाको हक एेन। थाहा पाउनुहोस् अाफ्नो वडा-टोलमा काम भैरहेका छन् कि छैनन् – र कति बजेट केमा खर्च भयो भनेर। अाफ्नो स्थानिय सरकारलाई जवाफदेही बनाउनु भनेकै जिम्मेवार नागरिक बन्नु हो। त्यसको लागि सबै भन्दा बलियो एेन नागरिकको लागि हो – “सुचनाको हक”।
८) समूह जोड्नुहोस्: यस्ता क्लब, समूह, सन्जाल जसले तपाईँहरुले स्कुल-कलेजमा भोग्दै गरेका वाधा-अड्चनहरुलाई सिधै चिर्ने कोशिश गर्छ। जुन एक्लै गर्न अाँट अाउन्न, ती हामी मिलेरै समाधान गर्न सक्छौँ।
९) असफलतादेखि नडराउनुहोस्: तपाईँ यत्ति प्रयास गर्नुहोस् कि असफलताको एउटा सि-भी वा रेजुमे नै बनोस्। किन? हरेक सफलताको पछाडी श्रृंखलाबद असफलताका अनुभवहरु जोड्डिएका हुन्छन्। (मेरा असफलताका लिस्टहरु यहाँ हेर्नुहोला।
१०) खेल्नुहोस्: खेलकुद बैकदा गर्नुहोस् वा कुनै खेल टोलीकै व्यवस्थापन गर्न लाग्नुहोस्। जीवनमा नेतृत्व सिक्ने उत्तम ठाउँ यहि हुन सक्छ। हेर्नुहोस् चाँडो पुग्न एक्लै जानु, तर टाढा पुग्न सँगै जानु ठिक। जीवनमा सफलता भनेकै टाढा पुग्नु होईन र?
११) लेख्नुहोस्: एउटा ब्लग (डायरी) बनाई निरन्तर अाफ्नो अनुभव र अावेग लेख वा अरु कुनै किसिमले चित्रण गर्नुहोस्। अाफ्ना बिचारहरुलाई नियमित रुपमा टल्काउदैँ जानु भयो भने बल्ल जिन्दगीको उद्देष्य छर्लङ्ग हुन थाल्छ।
१२) दृढ बन्नुहोस्: अाफ्नो सपनाको पछि लाग्दा हार कदापि नमान्नुहोस्। नेपालमा तपाई भन्दा कम योग्यले तपाईँलाई हराउन प्राय तपाईँलाई थकाउने रणनीति लिन्छन्। सफलता पाउने हो भने अरु भन्दा पहिले नथाक्ने दृढ विश्वास बोकी हिँड्नुहोस् है।
यी सुझावहरु व्यवहारमा उतार्नु भयो भने तपाईको परिवार, ईष्टमित्र र अरु धेरैको हिरो बन्नु हुनेछ! मलाई विश्वास गर्नुहोस् यसमा!

Sunday, August 21, 2016

अन्तर्राष्ट्रिय रोबोट प्रतियोगितामा नेपाललाई दुई अवार्ड

Master Degree in Nepal
Master Degree in Nepal






बैंकक-एसिया प्रशान्त रोबोट प्रतियोगिता-२०१६ मा आइतबार नेपाल ले 'वेस्ट इञ्जिनियरिङ एवार्ड' र 'पानासोनिक एबार्ड' प्राप्त गरेको छ । उक्त प्रतियोगितामा १६ देशका प्रतियोगीले भाग लिएका थिए ।
इञ्जिनियरिङ अध्ययन संस्थान,पुल्चोक क्याम्पसको रोबोटिक क्लवले तयार पारेको रोबोटले आइतबार को अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको हो ।
यस अघि नेपाल र  मलेसियाबीचको पहिलो खेलमा दुबै देशले ६० अंक प्राप्त गरेपछि ड्र भएको थियो । पुन अर्को पटकको खेलमा मलेसिया ले नेपालले ल्याएको ६० अंकको दाँजोमा १००अंक ल्याएर  नेपाललाई उछिनेको थियो ।
पुनः भारतसँगको खेलमा नेपालले ६० अंक प्राप्त गर्‍यो भने भारतले १०० अंक बटुल्यो । भारतको हातले सञ्चालन(म्यानुवल) गर्ने रोबोट थियो भने नेपालको पूर्ण स्वचालित रोबोट थियो ।
नेपालले दुई खेले गरी १२० अंक प्राप्त गर्‍यो । शुन्य अंक  ल्याउने देश हरूमा कोरिया,फिजी, कजाकिस्तान, पाकिस्तान, इजिप्ट थियो ।
आइतबारको प्रदर्शनमा हाइब्रिड रोबोटले इको रोबोटलाई हावाको शक्ति दिँदै खेल मैदानमा अगाडि बढाएको थियो । सञ्चालनको लागि हाइब्रिड रोबोटसँग ब्याट्रीको शक्ति भएपनि इको रोबोटसँग आफ्नो कुनै शक्ति थिएन ।
खेल अन्तर्गत इको रोबोटले हावाबाट विद्युत निकाल्ने मिलको लागि गन्तव्यसम्म पखेटा बोकेर गएको थियो ।

खेलको अन्तमा हाइब्रिड रोबोटले इको रोबोटवाट पखेटा लिएर मैदानमा बनाइएको विन्ड मिलमा चढेर माथि टुप्पामा पखेटा लगाएको थियो ।
प्रतियोगितामा यो सबै काम रोबोटहरूले अधिकतम ३ मिनेट मा पुरा गर्नु पर्थ्यो । सबभन्दा कम समयमा आफ्नो काम फत्ते गर्ने रोबोट नै प्रतियोगितामा विजयी हुने थियो ।
रोबोट प्रतियोगिताको फाइनलमा मलेसियाले चीनलाई पराजित गर्दै विजयी भयो । नेपालको पहिलो खेल मलेसियासँगै भएको थियो । नेपाल भन्दा ५ राष्ट्रले मात्र बढी  अंक ल्याएका थिए ।
नेपाल, चीन, जापान, भारत, कोरिया, पाकिस्तान, मलेसिया, श्रीलंका, हङकङ, इजिप्ट, फिजी, इन्डोनेसिया, मंगोलिया, भियतनाम, कजाकिस्तान र थाइल्याण्ड गरी १६ देशका १७  टोली सहभागी थिए।
प्रतियोगितामा पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक राजेश कायस्थ, अरुण तिमिल्सिना, शरद घिमिरे, जगत श्रेष्ठ, प्रकाश घिमिरे, इन्स्ट्रक्टर रमेश चौघरी र विद्यार्थीहरु गरेर ४९ जना सहभागी थिए ।
गत १६ वर्षदेखी रोबोटिक क्लव यो प्रतियोगितामा भाग लिँदै आएको छ।
रोबोटिक क्लवले यस्तै प्रतियोगिताहरूमा  भारतलाई यसअघि ६ पटक पराजित गरेको थियो ।
यति मात्र नभई नेपालले पाकिस्तान, रूस, दक्षिण कोरिया, फिलिपिन्स, कजाकिस्तान, फिजि, श्रीलंका, इरान, मलेसिया लगायतका राष्ट्रलाई पनि यस अघिका विभिन्न रोबोट प्रतियोगितामा हराएको हो ।
सिमित साधन स्रोत भएपनि बर्सेनि नेपाली रोबोट अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट हुँदै आएको छ ।

Saturday, August 20, 2016

शिक्षामा किन मधेसी पछाडि ?

Bachelor College in Nepal
Bachelor College in Nepal






राणाकालमा आम नेपालीको शिक्षामा पहँुच थिएन । २००७ सालमा नेपालको साक्षरता दर केवल २ प्रतिशत थियो । २०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता दर ६५।९ प्रतिशत पुगेको छ । यसलाई ठूलो उपलब्धि नै मान्नुपर्छ । तर यस अवधिमा पहाड र हिमालमा जुन दरमा साक्षरता प्रतिशत बढ्यो, त्यसअनुरूप मधेसका जिल्लामा बढेन ।
प्राध्यापक पीताम्बर शर्माले विगत तीनवटा जनगणनाको तथ्यांकलाई लिएर क्षेत्रगत, जातिगत तथा जिल्लागत साक्षरताबारे विश्लेषण गरी ‘सम आस्पेक्ट अफ नेपाल्स सोसल डेमोग्राफिक’ नामक पुस्तक प्रकाशित गर्नुभएको छ । पुस्तकमा उल्लिखित तथ्यांकअनुुसार सन् १९९१ मा सबैभन्दा कम साक्षरता दर भएका १० जिल्लामा मधेसको एउटा मात्र रौतहट रहेको थियो । सन् २००१ मा मधेसका दुइटा जिल्ला रौतहट र महोत्तरी त्यस श्रेणीमा परे । सन् २०११ सम्म पुग्दा सबैभन्दा कम साक्षरता दर भएका १० जिल्लामा मधेसका ६ जिल्ला ९बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहा पर्न गए । बाँकी चारमा डोल्पा, रसुवा, मुगु र हुम्लाजस्ता हिमालका जिल्ला छन् । पहाडी क्षेत्रका कुनै पनि जिल्ला यस तालिकामा परेका छैनन् । ती ६ वटै जिल्लामा मधेसी समुदायको बाक्लो बसोबास छ । यस तथ्यांकले के देखाउँछ भने मधेसको तुलनामा पहाडमा साक्षरता दर धेरै बढेको छ । मधेस र कर्णालीको साक्षरता दर लगभग उस्तै देखिएको छ । यस्तो किन भएको होला ?
१९७१ सालमा चन्द्रशमशेरले सिरहा बजारमा चन्द्र मिडिल स्कुल ९हाल चन्द्र उच्च माध्यमिक विद्यालय० खोलेका थिए । यसलाई काठमाडौंबाहिर खुलेको पहिलो स्कुल मानिन्छ । २००७ सालपछि जनकपुर, वीरगन्ज, राजविराज लगायतका मधेसका सहरहरूमा स्थानीय अगुवाको लगानीमा धेरै स्कुल–कलेज खुलेका थिए । तराईका कतिपय जमिनदारले आफ्नै छोराछोरी पढाउन स्कुल खोलेका थिए । शिक्षकको अभावका कारण भारतबाट शिक्षक ल्याइन्थ्यो । त्यतिबेला नेपालका स्कुलहरूमा पनि हिन्दी भाषामै पठनपाठन हुन्थ्यो । २०२८ सालमा नयाँ शिक्षा योजना लागू हुनु अघिसम्म काठमाडौं उपत्यकापछि सबैभन्दा बढी साक्षरता दर र स्नातक उत्तीर्णहरूको संख्या सप्तरीमा थियो ।
साक्षरता दरको तथ्यांकलाई जातिगत विश्लेषण गर्दा पहाडी जातिहरू ९बाहुन, क्षेत्री, सन्न्यासी, दशनामी० को साक्षरता दर ७६ प्रतिशत रहेको छ । तराई जातिहरूमा ९तराईका माथिल्लो र मध्यम जात पर्छन्० को साक्षरता दर ५६ प्रतिशत रहेको छ । मुसलमानहरूको साक्षरता दर ४३।६ प्रतिशत छ भने मधेसी दलितको साक्षरता दर ३४।६ प्रतिशत छ । पहाडी दलितको ६१।९ प्रतिशत छ । तराई जाति समूहको समग्रको साक्षरता दर पहाडी दलितको भन्दा पनि कम रहेको तथ्यांकले देखाउँछ ।
तर कतिपयको आरोप छ, तराई–मधेसका ब्राह्मण, राजपुत, कायस्थ, देवजस्ता जातिको साक्षरता दर सबैभन्दा उच्च हुँदाहुँदै कसरी मधेसीको साक्षरता दर कम भन्न मिल्छ रु केही हदसम्म यो तर्कमा सत्यता पनि छ । तर मधेसका यी जातिको साक्षरता दर उच्च रहे पनि जनसंख्या अत्यन्त कम छ । मधेसमा सबैभन्दा बढी जनसंख्या थारू, मुस्लिम, यादव र दलितहरूको छ जसको साक्षरता दर पहाडी दलितभन्दा निकै कम छ ।
बितेको चार दशकमा के कस्ता कारणले पहाडका जिल्ला र पहाडी समुदायको शैक्षिक अवस्थामा धेरै सुधार देखियो तर मधेसका जिल्ला र मधेसी समुदायको शैक्षिक अवस्था ओरालो लाग्यो रु यसबारे गम्भीर छलफल हुनु जरुरी छ । यस अवधिको सरकारले लिएको शिक्षा नीति, भाषानीति, बजेट विनियोजनजस्ता पक्षको विश्लेषण जरुरी छ ।
एक भाषिक शिक्षा नीति
फ्रेड्रिक एच गेजको पुस्तक ‘नेपालमा क्षेत्रीयता र राष्ट्रिय एकता’ मा उल्लेख भएअनुसार नेपालमा सन् १९५४ मा गठन भएको राष्ट्रिय शिक्षा आयोगले सन् १९५६ मा ‘एजुकेसन इन नेपाल’ प्रतिवेदन प्रस्तुत गरेको थियो, जसमा नेपाली भाषा नै पढाइको माध्यम भाषा हुनुपर्ने सुझाव दिइएको थियो ।
सन् १९६१ मा राष्ट्रिय शिक्षा आयोग गठन भएको थियो । आयोगले सोही वर्ष प्रतिवेदन दियो । त्यस आधारमा शिक्षासम्बन्धी नीति र सन् १९६२ मा शिक्षा ऐन बनाइयो । नीतिको दफा ५ मा पठनपाठनको माध्यम भाषा नेपाली हुने उल्लेख छ । सन् १९६२ देखि क्रमशस् विद्यालयको पठनपाठनको माध्यम नेपाली भाषालाई अनिवार्य गरियो ।
यस व्यवस्थाले जुन समुदायको बालबालिकाको मातृभाषा नेपाली थिएन । उनीहरूमा नकारात्मक असर पर्न गयो । मधेसी बालबालिकाको मातृभाषा मैथिली, भोजपुरी, अवधी, थारू, उर्दु आदि थियोरछ । विद्यालयमा नेपाली भाषा अनिवार्य भएपछि मधेसका बालबालिकाका लागि पठनपाठन कठिन हुन थाल्यो र बिस्तारै स्कुल जानेको संख्या घट्दै गएको बुढापाकाको भनाइ छ । स्कुल जानेमध्ये पनि धेरै बालबालिका कक्षामा अनुत्तीर्ण हुन्थे भन्ने गरिन्छ । केही धनी घरका विद्यार्थी सीमापारि भारतमा गएर पढ्थे । दलितका बच्चा र छात्रा सीमापारि जान पाउँदैनथे । यसरी मधेसको जनसंख्याको ठूलो हिस्सा शिक्षाबाट अप्रत्यक्ष रूपमा वञ्चित भयो र मधेसका जिल्लाहरूको शैक्षिक स्तर खस्कँदै गयो ।
शिक्षक–विद्यार्थी अनुपात
शिक्षक र विद्यार्थीको अनुपात पनि मधेसमा असन्तुलित छ । शिक्षा नियमावलीले तराईमा ५०, पहाडमा ४५ र हिमालमा ३० जना विद्यार्थी बराबर एक जना शिक्षक राख्नुपर्ने तय गरेको छ । तर, तराईमा प्राथमिक तहमा ५४, निम्नमाध्यमिक तहमा ७९ र माध्यमिक तहमा ४१ विद्यार्थी बराबर एक शिक्षक रहेको तथ्यांक छ । जिल्लागत शिक्षक–विद्यार्थी अनुपात पनि असन्तुलित छ । उदाहरणका लागि, मनाङमा प्राविमा ३, निमाविमा ६ र माविमा ५ विद्यार्थीमा एक शिक्षक छ । २०७२ भदौको शिक्षक मासिक पत्रिकाका अनुसार कास्कीमा प्राविमा १५, निमाविमा ३४, माविमा १८ विद्यार्थीमा एक–एक शिक्षक छन् भने रौतहटको प्राविमा ८१, निमाविमा १०४, माविमा ५३ विद्यार्थीको भागमा एक शिक्षक रहेको छ । यो तथ्यांकले हिमाल र पहाडको तुलनामा मधेसका जिल्लामा शिक्षक कमी रहेको देखाउँछ । यसले पनि विद्यार्थीको सिकाइको स्तर प्रभावित भएको हुनुपर्छ ।
सामाजिक, आर्थिक र राजनीतिक कारण
मिथिला क्षेत्रमा दलितहरूको बसोबास धेरै छ । सप्तरीमा लगभग २५ प्रतिशत दलित जनसंख्या छ भने सिरहामा लगभग २३ प्रतिशत । अधिकांश दलितको आर्थिक अवस्था दयनीय रहेकाले बालबालिकालाई स्कुल जानै समस्या छ । मधेसी समुदायमा छोरीलाई छोरासरह पढाउने चलन छैन । स्कुलमा पढ्दापढ्दै बिहे गरिदिने चलन छ । यसको प्रत्यक्ष प्रभाव समग्र साक्षरता दरमा पर्न जान्छ । मुस्लिम समुदायका अधिकांश बालबालिका मदरसा शिक्षा लिन्छन् । तर नेपालभरिमा जम्मा ८ सय ९५ वटा मात्रै मदरसा छन् । भएका मदरसामा पनि भौतिक पूर्वाधार तथा पढाइको गुणस्तर राम्रो छैन ।
यस्तै, व्यवस्थापन समितिको निर्वाचनका कारण मधेसका विद्यालयहरू राजनीतिक अखडामा परिणत भएका छन् । अधिकांश विद्यालयमा पढाइभन्दा राजनीति बढी भइरहेकाले पनि शैक्षिक अवस्था खस्किएको हुनुपर्छ ।
सुधारको उपाय
मधेसका जिल्लाहरूको शैक्षिक स्तर सुधार्न फरक ढंगले योजना बनाउनु आवश्यक छ । सबै समुदाय, लिंग, वर्गका बालबालिकाको विद्यालयमा पहुँच बढाउन दलितमैत्री, मुस्लिममैत्री र महिलामैत्री शिक्षानीति बनाउनुपर्छ । स्थानीय भाषामा पठनपाठन गर्ने व्यवस्था गरिनुपर्छ । मधेसमा शिक्षक संख्या बढाएर शिक्षक–विद्यार्थी अनुपातलाई सन्तुलित पारिनुपर्छ ।

Thursday, August 18, 2016

नयाँ विश्वविद्यालयसँग त्रिविको चर्को विवाद

Technical Education in Nepal
Technical Education in Nepal

काठमाडौंः त्रिभुवन विश्वविद्यालय र यसबाट छुट्टिएर विश्वविद्यालयको स्वरूप ग्रहण गरेका संस्थाहरूबीच अधिकार क्षेत्र र सम्पत्तिका कारण विवाद चुलिएको छ ।
त्रिभुुवन विश्वविद्यालयअन्तर्गत चितवनको रामपुर कृषि क्याम्पस त्रिविकै हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानसँग गाभिएर ६ वर्षअघि कृषि तथा बन विश्वविद्यालयमा परिणत भयो । कृषि तथा बनसँग सम्बन्धित कार्यक्रमहरूमात्र सञ्चालन गर्ने गरी छुट्टै विश्वविद्यालय गठन भए पनि स्थापना वर्षदेखि नै त्रिविसँग सुरु भएको विवाद अझै साम्य भएको छैन ।
विवादका कारण दुवै विश्वविद्यालयको पढाइमा समेत असर परेको छ । ऐनले दिएको अधिकारअनुसार मुलुकभर कृषि र बनसम्बन्धी सबै कार्यक्रम आफूहरूले सञ्चालन गर्न पाउनुपर्ने र रामपुर तथा हेटौंडामा रहेको सबै सम्पत्तिको स्वामित्व आफ्नो हुनुपर्ने कृषि तथा बन विश्वविद्यालयको दाबी छ ।
नयाँ विश्वविद्यालय स्थापनासम्बन्धी ऐनमा कृषि तथा बन विश्वविद्यालय त्रिविको रामपुर क्याम्पस परिसरमा रहने उल्लेख गरेका कारण आफूहरूले सम्पत्ति दिनु नपर्ने तर्क त्रिविले गरेको छ । नयाँ विश्वविद्यालय स्थापना हुनुअघि त्रिविले हेटौंडाको क्याम्पसमार्फत पढाइरहेको बीएस्सी फरेस्ट्री विषय अहिले पनि आफैंले सञ्चालन गरिरहेको छ । हेटौंडा र रामपुरको सम्पत्ति आफूहरूको भएको भन्दै कृषि तथा बन विश्वविद्यालयले पनि हेटौंडाबाटै बीएस्सी फरेस्ट्रीको पढाइ सञ्चालन गरिरहेको छ ।
कृषि विश्वविद्यालयसँग शैक्षिक कार्यक्रम र सम्पत्ति विवाद
सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलसँग पनि उस्तै समस्या
पटकपटक गठन भए समिति, सल्टिएन विवाद
त्रिविले त्यस्ता विषयको पढाइ हेटौंडाबाट सञ्चालन गर्न नहुने कृषि विश्वविद्यालयको तर्क छ । दुई विश्वविद्यालयको आपसी विवादका कारण अहिले हेटौंडाको एउटै क्याम्पसमा छुट्टाछुट्टै प्राध्यापकबाट एकै विषयको पढाइ सञ्चालन भइरहेको छ ।
‘कृषि विश्वविद्यालय गठनको मुख्य आधार हेटौंडा र रामपुरमा रहेको त्रिविको संरचनालाई जोडेर एकीकृत बनाउनु हो । यस हिसाबले यो दुवै ठाउँमा जेजति कार्यक्रम सञ्चालन भइरहेका छन् ती सबै हाम्रो स्वामित्वमा आउनुपर्छ’, कृषि विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालले भने, ‘तर त्रिविले अहिले पनि राज्यको निर्णयलाई चुनौती दिँदै हेटौंडामा आफ्नो विगतको कार्यक्रम सञ्चालन गरिरहेको छ ।’
एकै स्थानबाट एकै विषय समानान्तर रूपमा पढाउँदा विद्यार्थीमा नकारात्मक सन्देश गएको तथा नयाँ विश्वविद्यालय स्थापना गर्ने राज्यको निर्णयलाई समेत चुनौती भएको ढकालको भनाइ छ । विश्वविद्यालय स्थापनाको समयमा रामपुर कृषि क्याम्पसको तीन सय तीस हेक्टर जमिन तथा भौतिक संरचना र हेटौंडाको ९५ हेक्टर जग्गा तथा भौतक संरचना कृषि तथा बन विश्वविद्यालय स्थापनाका क्रममा उपयोग गर्ने भनिएको थियो ।
अहिलेसम्म त्रिविले उक्त सम्पत्ति आफ्नो नाममा हस्तान्तरणसमेत नगरिदिएको उक्त विश्वविद्यालयको गुनासो छ । त्रिविले यसै वर्षदेखि रामपुरबाट समेत कृषिसम्बन्धी विषयको समानान्तर हुने गरी स्नातक तथा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्ने तयारी गरेपछि कृषि विश्वविद्यालय थप सशंकित भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थ खनियाँले भने, ‘नयाँ विश्वविद्यालय स्थापना भए पनि हामीले हाम्रो सम्पत्ति हस्तान्तरण गर्नुपर्ने कुरा कतै उल्लेख छैन । हामीले बर्सौंदेखि पढाइ सञ्चालन गरिरहेका विषय बन्द गर्नुपर्छ भन्ने पनि कतै लेखिएको छैन ।’
कृषि तथा बन क्षेत्रसँग सम्बन्धित हरेक विषयको पढाइ सञ्चालन गर्ने गरी नयाँ विश्वविद्यालय स्थापना गरिएको भए पनि त्रिविले पक्लिहवा क्याम्पस भैरहवा र लमजु्ङ कृषि क्याम्पसमार्फत कृषि र बन विषयसँग सम्बन्धित पाठ्यक्रममा आधारित रहेर यसअघि सञ्चालन गरेको पढाइलाई पनि निरन्तरता दिइरहेको छ ।
त्रिविसँग विवादमा रहेको कृषि तथा बन विश्वविद्यालय एक्लो भने होइन । स्थापना वर्षदेखि नै सुरु भएको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूपश्चिमाञ्चल विश्वविद्यालय र सुर्खेतको मध्यपश्चिमाञ्चल विश्वविद्यालयसँगको विवाद पनि जस्ताको तस्तै छ । तीनवटै विश्वविद्यालय स्थापनाको समयमा त्रिविकै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा रहेको संरचनालाई विस्तार गरिएको थियो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठले भनिन्, ‘अहिलेको मुख्य समस्या नयाँ विश्वविद्यालयहरूलाई सम्पत्ति हस्तान्तरणमा देखिएको छ । तर त्रिविको ऐनमा अन्य विश्वविद्यालयलाई सम्पत्ति दिने भन्ने विषयमा केही उल्लेख गरिएको रहेनछ । यस हिसाबले उपकुलपति एक्लैले मात्र चाहेर पनि समस्या समाधान गर्न नसकिने देखिएको छ ।’ यो समस्या विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्रीको पहलमा मात्र समाधान हुने देखिन्छ ।
विश्वविद्यालय स्थापना भइसकेपछि पनि आफूहरूले सञ्चालन गरिरहेको पुरानो कार्यक्रम सबै नयाँ विश्वविद्यालयलाई दिइँदा आफ्नो भूमिका साँघुरो होला भन्ने त्रिविलाई त्रास छ । ‘हामीलाई कति नयाँ विश्वविद्यालय खुले वा खुलेनन् भन्ने चिन्ता छैन । नयाँ खुलेका विश्वविद्यालयले कुन विषय पढाउँछन् वा पढाउँदैनन् भन्ने पनि हाम्रो चिन्ताको विषय होइन’, खनियाँले भने, ‘नयाँ विश्वविद्यालयलाई कति सम्पत्ति चाहिएको हो, त्यो सरकारसँग वा जनतासँग मागेर जुटाउने काम उनीहरूकै हो । कि राज्यले लौरो लगाएर त्रिविलाई यति सम्पत्ति जसरी पनि अरू विश्वविद्यालयलाई दिन लगाउनुपर्‍यो । होइन भने हामी स्वायत्त निकायलाई कुनै जानकारी नगराई हाम्रो सम्पत्ति अरूलाई बाँड्न पाइँदैन ।’
नयाँ विश्वविद्यालय र त्रिविबीचको विवाद साम्य पार्न पटकपटक समिति गठन भए पनि सरकारले कुनै निर्णय गर्नसकेको छैन । पछिल्लो समय चार महिनाअघि पनि राष्ट्रिय योजना आयोगका तत्कालीन सदस्य गीताभक्त जोशी, शिक्षा मन्त्रालयका सहसचिव (हाल सचिवमा बढुवा भएर मध्यमाञ्चल क्षेत्रीय प्रशासक बनिसकेका) लगायत पाँचजना सदस्य रहेको समिति गठन गरेर विवाद समाधानका विषयमा छलफल भए पनि टुंगोमा पुग्नसकेको छैन ।
शिक्षा मन्त्रालयका सहसचिव डा. हरि लम्सालले विश्वविद्यालयहरूको विवाद समाधान गर्न मन्त्रालयले पटकपटक छलफल गरे पनि मन्त्रालयको एक्लो प्रयासले मात्र सम्भव नदेखिएको बताए ।

Wednesday, August 17, 2016

चितवनका विद्यार्थीले रोबोट बनाए


Master Degree in Nepal
Master Degree in Nepal

नेपाल पोलिटेक्निक इन्स्टिच्युट, भरतपुरमा अध्ययनरत विद्यार्थीले प्राकृतिक प्रकोपमा जमिन तथा मानवनिर्मित संरचनाभित्र फसेका मानिसको उद्धारमा सहयोगी हुने रोबोट निर्माण गरेका छन् ।
इन्स्टिच्युटअन्तर्गत इलेक्ट्रिकल ओभरसियर छैटौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीले भत्किएका संरचना र जमिनभित्र गई त्यहाँ भएका जीवित मानिसलाई उद्धार गर्न विशेष किसिमको सूचना जडित प्रविधि जडित गरी रोबोट बनाएका हुन् ।
रोबोटले संरचनाभित्र पुरिएर रहेका मानिसको अवस्थाका बारेमा भिडियो तथा अडियो सूचना नियमित प्रवाह गर्नेगरी निर्माण गरिएको निर्माणको नेतृत्व गरेका विद्यार्थी श्यामकृष्ण खतिवडाले बताउनुभयो । ब्याड पाक्स नामाकरण गरिएको उक्त रोबोटलाई वाइफाइको माध्यमबाट कम्प्युटर तथा मोबाइल एपको प्रयोग गरी नियन्त्रण गर्न सकिने खतिवडाको भनाइ छ ।
विशेष प्रकारको ३६० डिग्री घुमाउन मिल्ने क्यामरा जडान गरिएको उक्त रोबोटले संरचनाभित्रको अवस्थाको भिडियो नियमित कम्प्युटरमा पठाउने गर्दछ ।
रोबोटको माध्यमबाट विपत्तिमा परेका मानिसलाई औषधि तथा पानी पनि पु¥याउन सक्ने गरी डिजाइन गरिएको अर्का विद्यार्थी अभिषेक काफ्लेले बताउनुभयो । विद्यार्थीले ५० हजार रुपैयाँ लागतमा करिब नौ महिनाको मिहिनेतपछि उक्त रोबोट तयार पारेका हुन् ।
इन्स्टिच्युटका प्रिन्सिपल इन्जिनियर बाबुराम उपाध्यायले प्राकृतिक विपत्तिमा परेकाको उद्धारमा रोबोट सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले यसबाट अन्य विद्यार्थीलाई प्रेरणा मिल्ने पनि बताउनुभयो । आगामी दिनमा यसलाई अझै सुधार गरी लैजान कलेजले सहयोग गर्ने उहाँको भनाइ थियो ।
कलेजका प्रमुख प्रशासक शिव सुवेदीले विद्यार्थीको लगनशीलताको प्रशंसा गर्दै अनुशासित भएर अध्ययन–अनुसन्धान गर्दाको परिणाम यो रोबोट तयार भएको बताउनुभयो ।

‘कमजोर छैन नेपालको शिक्षा’

Bachelor College in Nepal
Bachelor College in Nepal

कल्याण अधिकारी डीस होमका जनरल म्यानेजर हुन् । उनले प्रिसिडेन्डल कलेजबाट एमबीए पूरा गरे । दुई साताअघि भएको दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट उनी दीक्षित भए ।
आफ्नो उमेर समूहका साथीहरु पढाइका लागि विदेश गइरहेकाबेला कल्याणले किन स्वदेश रोजे त ? ‘कुनै नाम चलेको ठुलो कलेजबाट सर्टिफिकेट लिँदैमा उसको जीवन ब्यवहारमा परिवर्तन हुन्छ भन्ने पनि होइन,’ उनी भन्छन्, ‘नेपालका धेरै कलेजहरु अहिले जीवन उपभोगी बन्दै गएका छन् । यहीँका कलेजबाट शिक्षा लिएका धेरै ब्यक्ति अहिले विदेशको महत्वपूर्ण ठाउँमा काम गरिरहेका छन् । यसबाट पनि प्रमाणित हुन्छ की नेपालको शिक्षा कमजोर छैन ।’
प्रिसिडेन्टल कलेजको प्रेस नोटमा अमेरिकाबाट लिने शिक्षा नेपालमै लिन सकिने उल्लेख छ  ।
कल्याणसँगै दीक्षित भएका सुबिसुका एचआर म्यानेजर निलम केसी नेपालमा लिएको शिक्षा आत्मनिर्भर र आत्मविश्वासी छैन भन्ने कुरा सत्य नभएको दाबी गर्छिन् । ‘आत्मनिर्भर बनाउन सक्ने र अन्तर्राष्टिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएका बिद्यार्थी यहाँका कलेजहरुबाट पनि उत्पादन हुन सक्छन्,’ उनी भन्छिन् ।
अभिनेत्री केकी अधिकारी पनि नेपालका कलेजहरुको शिक्षाको स्तरमा शंका गर्न नसकिने बताउँछिन् । अनुभवी, दक्ष प्रोफेसर, फरक प्रकारको शिक्षण विधि, स्वदेशमा नै अमेरिकी पद्धतिको शिक्षा पाउनु खुसीको कुरा भएको उनले बताइन् ।

केकीको पढाइ अनुभव ‘अनन्तसम्म पुग्ने साहस छ’

हेड अफ सपोर्ट सर्भिस टियर फन्डका बिनोद श्रेष्ठले सबैलाई उच्च शिक्षा विदेशमा गएर पढ्न सम्भव नभएको बताउँछन् । ‘मलाई पनि सम्भव थिएन । विदेशी शिक्षा नेपालमा लिने चाहना थियो,’ उनी भन्छन्, ‘त्यही भएर नेपालमै पढेको हुँ ।’ उनले पुल्चोकबाट सिभिल इन्जिनियर गरेका थिए । पछि पिपल्स र पब्लिक यूथ कलेजमा पढे ।
भारतको बैंग्लोर युनिभर्सिटीबाट विजएमका क्लव हिमालयन नगरकोटका अरुण झा पनि स्वदेशमै बसेर अमेरिकन सर्टिफिकेट लिन पाएकोमा खुसी छन् । ‘उच्च शिक्षा लिन विदेश जाँदा आर्थिक ब्ययभार थपिने पात्र हो । त्यही प्रकारको ज्ञान नेपालमा पनि सजिलै पाउन सकिन्छ,’ उनी भन्छन्, ‘विदेश होइन नेपाल रोजौं, जीवन जिउन सिकौं ।’

Sunday, August 14, 2016

पम्फाहरूले पढ्न पाऊन्

Master Degree in Nepal
Master Degree in Nepal


वनकरिया जातिबाट पहिलोपल्ट एसएलसी उत्तीर्ण पम्फाले ल्याब असिस्टेन्टमा भर्ना हुन परीक्षा दिइन् । सशुल्क पढ्ने कोटाको वैकल्पिकमा नाम निस्कियो । उनी पैसा तिरेर पढ्न सक्ने हैसियतमा छैनन् । वन–जीवनबाट निस्किन नसकेको अति पिछडिएको यो जातिका लागि उनी गर्वकी पात्र हुन् । देशकै लागि यो गतिलो कीर्ति हो । तर, आर्थिक कारणले उनले पढ्न नपाएको सुन्दा देश चलाउनेप्रति दया लागेर आयो । के उनलाई पढाउनु राज्यको दायित्व होइन ?
खोतल्दै जाने हो भने कति छात्रवृत्ति दुरुपयोग भइरहेका छन् । शिक्षामा अथाह बजेट छ्याल्लब्याल्ल छ । एनजीओ/आईएनजीओ ओइरिएका छन् । ‘कोही बञ्चित नहुन्’ आशयमा सरकारले अनेक आकर्षक नारा दिइरहेकै छ । वनसँगै साइनो भएको थर राखेर वनकै निगाहमा बस्ने एउटा जातिकी छोरीले चाहेको विषय पढ्न नपाउने कस्तो प्रणाली हो यो ? पम्फा वनकरियाहरूले पढ्न नपाउने हो भने कस्ताले पाउने हो त ? अझ महत्त्वपूर्ण कुरा त यस्तासम्म नपुग्ने, खोलो बगिरहेको शिक्षाको बजेट कुन–कुन गोजीमा पसिरहेको छ ?
हामी चिकित्सा शिक्षामा सहुलियतको कुरा गर्छौं । गरिबका लालाबालालाई डाक्टरीमा छिर्न दिने वा त्यसका लागि योग्य बनाउने प्रणाली निर्माण गर्ने होइन, धनीका छोराछोरीलाई सित्तैमा पढाउन बल गर्छौं । तर, पम्फाहरूले पढ्न पाउनुपर्छ भनेर कोही बोल्दैनौं ।
कनीकुथी एसएलसी पार गरेकी पहिलो वनकरिया चेलीलाई त्यत्तिकै थेचारिन बाध्य पार्छौं । अनि, माथिचाहिँ पिछडिएकाहरूका राजनीतिक अधिकारका चर्का भाषण गर्छौं । पिछडिएकालाई अघि लगाउने सबैभन्दा उत्तम उपाय तिनलाई गुणस्तरीय शिक्षामा दिइने गतिलो अवसरभन्दा केही छैन । तर, त्यसको वातावरण किन कहिल्यै बनाउन सक्दैनौं ?
किनकि, उनीहरू पिछडिएका जातिका हुन् । उनीहरूका प्रतिनिधि वा आफन्त न सरकारमा छन्, न संसद्मा । न कर्मचारीतन्त्रको निर्णायक पदमा, न गैरसरकारी संस्थाका खेतीपाती गर्ने ठाउँमा । उनीहरूका आवाज जंगलमै निस्कन्छन्, त्यहीं बिलाउँछन् । यो देशमा डाक्टर कस्का छोरा–छोरी छन् ? गरिबका सन्तान कति इन्जिनियर छन् ? अघि बढ्न सजिलो हुने विज्ञानका महँगा कलेजका ढोकाबाट कुन विपन्न आफ्ना नानीबाबु लिएर छिर्न सक्छन् ? गतिला मान्छे बनाउने कारखाना तिनै हुन् ।
जहाँ पिछडिएका वर्गलाई काँडे तार लागेको छ । तर पनि त्यहीं छात्रवृत्ति छ । अनेक सुविधा छ । कोटा छुट्याइएको छ । सहुलियतका कोटामा छिर्ने अति कमलाई छाडेर हुनेखाने नै हुन् । त्यो बजेटको केही अंश पम्फाहरूलाई स्कुल तहमै लगानी गर्न किन सकिएको छैन ? नर्सिङ पढ्ने तीव्र इच्छा भएकी पम्फाले अन्तत: एसएलसीमा ‘सी’ ग्रेड मात्र ल्याइन् । त्यसमा पनि विज्ञानमा ‘सी’ पुगेन । बाध्य भएर ल्याब टेक्निसियनमा झरिन् । नर्सिङ पढ्न पुग्ने अंक ल्याउन नसक्नुमा बढ्ता दोष कसको हो ? उनको कि राज्यले गरेको भेदभावको ?
‘नयाँ नेपाल’ को नारालाई सार्थक बनाउने हो भने हरेक पिछडिएको जातिको हरेक बालबालिकाले कम्तीमा विद्यालय तहमै प्रतिस्पर्धात्मक शिक्षा लिने अवसर पाउनुपर्छ । त्यसको व्यवस्था राज्यले मिलाउनुपर्छ । पम्फाले पशुपति मावि (सरकारी स्कुल) हाँडी खोलामा पढिन् । जुन स्कुलमा उनले पढिन्, त्यहाँबाट बढ्ता ग्रेड ल्याउन गाह्रै थियो । उनलाई छात्रावास कलेजले मिलाइदिने वचन दिएको छ । त्यसबाहेक एक लाख रुपैयाँ शुल्क तिर्नैपर्ने हुन्छ । त्यो नभएर उनको पढाइ बिग्रिँदैछ ।
मलाई लाग्छ– राज्यको पुन:संरचनाभन्दा पहिला शिक्षाको पुन:संरचना जरुरी छ । दलित, पिछडिएका, आदिवासी जनजाति, मुस्लिम, महिला आदिलाई सशक्त ढंगले राज्यको मूलधारमा ल्याउने शिक्षाजति गतिलो बाटो केही हुँदैन । शिक्षित भए भने उनीहरू आफैं भिड्न सक्छन् । आरक्षणको अचार बाँड्नुभन्दा गुणस्तरीय शिक्षा दिलाएर प्रतिस्पर्धामा उतार्नु धेरै उत्तम हुन्छ । अहिलेको अवस्थामा दलितका कोटामा धनी दलित, मधेसीका भागमा शक्तिशाली मधेसी, पिछडिएका जातिका कोटामा अघि बढिसकेका व्यक्ति जाने हुन् । कुनै पनि आरक्षित ठाउँमा कुन गरिब पुगेको छ ?
जातीय राज्यको वकालतवालाले पनि अति पिछडिएका र अल्पसंख्यकको ख्याल गरेका छैनन् । चाहे त्यो जातीय राजनीति गर्ने माओवादी केन्द्र होस् वा जात–भूगोललाई केन्द्रबिन्दु बनाएर खुलेका दल नै किन नहुन् । आफूले मौका पाउँदा सबै गतिलो, नपाउनासाथ भेदभाव देख्ने दृष्टिदोष छ यहाँ । राउटे अझै वनमै छ । चेपाङका धेरै जना अझै ओढारमा छन् । चमारलगायत तराईका धेरै जातजाति अति पिछडिएको हालतमा छन् । तिनीहरू यो देशका नागरिक हुन् भन्ने नेताहरूलाई चुनावबाहेक अरू बेला थाहा हुँदैन ।
वनकरिया त जम्मा १७ परिवारका ८५ जना छन् । जंगलमा फिरन्ते जीवन बिताउने उनीहरूबारे पत्रिकामा समाचार आएपछि जिल्ला वनले ४० वर्षका लागि ९ हेक्टर कबुलियती वन दिएको छ । त्यसमै छाप्रो बनाएर केही वर्षयता ओतिएका छन् । कसैको नाममा कतै एक टुक्रो जमिन नभएको सम्भवत: यो एक्लो जाति हो ।
सरकारको ‘जनता आवास’ ले उनीहरूलाई घर बनाइदिन हरेक वर्ष बजेट छुट्याउँछ । तर, आफ्नै नाममा जग्गा नभएकाले कानुनी रूपबाट मिल्दैन । बजेट फिर्ता जान्छ । ‘घर बनाउन’ सम्झिँदा राज्यले ‘जग्गा दिनुपर्छ’ भनेर कहिल्यै ठान्दैन । सरकारी योजना कति कच्चा छन् भन्ने यो गतिलो उदाहरण हो ।
घर–जग्गा प्रक्रियामै रहोस् बरु, पहिलो काम पम्फाले पढ्न पाउनु पर्‍यो । पम्फाजस्ता अरू कुनै जातिका कोही छन् भने तिनले पढ्न पाउनु पर्‍यो । पढ्न पाए भने मात्र तिनले देश र आफ्नो जातिको उत्थान गर्नेछन् । कुनै दल विशेषले नारा लाएकै भरमा जीवनस्तर कहिल्यै बदलिँदैन ।

Saturday, August 13, 2016

प्रवेश परिक्षा बनेकाे छ आम्दानीको स्रोत, आईओएमले असुल्छ चर्को आवेदन शुल्क

Top 10 Colleges in Nepal
Top 10 Colleges in Nepal

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले विद्यार्थीसँग चर्को आवेदन शुल्क लिएर स्नातक तहको प्रवेश परीक्षालाई आम्दानीको स्रोत बनाउने गरेको छ । आईओएमले प्रवेश परीक्षामा सहभागी हुन प्रतिविद्यार्थी तीन हजार पाँच सय रुपैयाँ तोकेको छ । यो रकम एउटा कार्यक्रमको मात्रै हो । एमबीबीएसमा आवेदन गर्ने विद्यार्थीले बीडीएसमा पनि फाराम भर्न चाहेमा थप तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ ।
आईओएमका आंगिक र सम्बन्धन प्राप्त कलेजहरूमा शैक्षिक वर्ष ०७३/७४ का लागि एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएच, बीएस्सी एमएलटी, बीएस्सी एमआईटी, बीफर्मा, बीएएस, बीएनएस कार्यक्रमको प्रवेश परीक्षाको फारम गत बिहीबारदेखि अनलाइनमार्फत भर्ने गरी खुल्ला गरिएको हो । फारम भर्ने म्याद भदौ १८ सम्म छ ।
शिक्षा मन्त्रालयले एक वर्षअघिसम्म छात्रवृत्तिको परीक्षा सञ्चालन गर्न एक हजार रुपैयाँ मात्रै लिने गरेको थियो । मन्त्रालयका अनुसार एक हजार लिँदा पनि खर्च कटाएर बचत हुन्थ्यो । आईओएमले आफूखुसी शुल्क लिँदा अभिभावक र विद्यार्थीमा आर्थिक भार थपिएको छ । ‘एक हजार लिँदा त मन्त्रालयको खर्चभन्दा बढी रकम उठ्थ्यो,’ मन्त्रालय स्रोतले भन्यो, ‘यो कमाउने खेल हो ।’
प्रश्नपत्र तयारी, छपाइ, उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र नतिजा सार्वजनिकसमेत गरी प्रतिविद्यार्थी आठ सयदेखि साढे आठ सय भए पुग्छ । यो रकम १० हजार विद्यार्थीको परीक्षा सञ्चालन गर्दा लाग्ने खर्च हो । जतिसुकै विद्यार्थी भए पनि प्रश्नपत्र खर्च एक लाख रुपैयाँ भए पुग्छ । १० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएमा खर्च अझ कम हुन्छ । आईओएम स्रोतले भन्यो, ‘यहाँ त विद्यार्थीसँग ब्रह्मलुट भइरहेको छ ।’
दुई घण्टे परीक्षा सञ्चालन गर्न यतिको रकम लिएर आर्थिक शोषण गरेको अभिभावक र विद्यार्थीको आरोप छ । ‘दुई घण्टाको प्रवेश परीक्षा दिन साढे तीन हजार लिँदा पनि यसलाई रोक्न कसैले चासो दिएको छैन,’ परीक्षाको तयारीमा रहेका सन्देश उप्रेतीले भने, ‘यदि मुलुकमा सरकार छ भने आवेदन शुल्क घटाएर देखाओस् ।’ मेडिकल शिक्षा अध्ययन गर्न चाहने न्यून आयका विद्यार्थीलाई फारामको चर्को शुल्क लिएर प्रवेश परीक्षाबाट समेत वञ्चित गराएको अभिभावकको गुनासो छ । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरू छात्रवृत्तिमा अध्ययन गर्न प्रवेश परीक्षा दिने गर्छन् ।
आईओएमका प्राध्यापक भरतमणि पोखरेलका अनुसार सबै कार्यक्रममा गत वर्ष १६ हजारको हाराहारीले प्रवेश परीक्षा दिएका थिए । एमबीबीएसका लागि मात्रै साढे नौ हजार विद्यार्थी थिए ।
यस अनुसार आईओएमले गत वर्ष पाँच करोड ६० लाख रुपैयाँ रकम उठाएको थियो । ‘उठाएको रकमको एक तिहाई पनि खर्च हँुदैन ।’ आईओएम स्रोतले भन्यो, ‘सरकारले पनि बजेट दिएको हुन्छ । आम्दानीको अरू स्रोत छैन । यस्तै परीक्षाबाट उठाएको रकम नै डिन कार्यालयको आम्दानी हो ।’
परीक्षा बोर्डले निर्णय गरेर तोकिएको शुल्क लिने गरेको पोखरेलले बताए । ‘परीक्षा चलाउन निरीक्षक तथा सेन्टरलाई दिनुपर्ने हुन्छ,’ उनले भने, ‘देखिनेभन्दा नदेखिने खर्च धेरै हुन्छ ।’ उत्तरपुस्तिका पनि कम्प्युटर प्रणालीबाट परीक्षण गरिन्छ । यसबाट पनि खर्च कम हुन्छ  ।
आईओएमले तोकेको आवेदन दस्तुर साउन २७ देखि भदौ १७ सम्म हिमालयन बैंक लिमिटेडको खातामा जम्मा गरेर भौचर स्क्यान गरी पठाउनुपर्ने नियम छ । अनलाइनमार्फत फारम भरेपछि प्रवेशपत्र विद्यार्थी आफैंले प्रिन्ट गरेर लिनुपर्ने हुन्छ । आवेदकको नाम, फोटो, तथा भौचर नम्बर फरक परेर सच्याउनुपरे फेरि तीन हजार पाँच सय रुपैयाँ बैंकमा जम्मा गरेर नयाँ फारम भर्नुपर्नेछ । त्यसअघि बुझाएको रकम फिर्ता नहुने व्यवस्था छ । यसले पनि आईओएमले विद्यार्थीसँग जतिसक्दो धेरै रकम असुल्न चाहेको प्रस्ट हुन्छ ।
एमबीबीएस र बीपीएच शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा भदौ २५ मा र अन्य शैक्षिक कार्यक्रमको भदौ २६ मा तय गरिएको छ । प्लस टुमा न्यूनतम ५० प्रतिशत अंक ल्याएका विद्यार्थी प्रवेश परीक्षामा सहभागी हुन पाउँछन् ।

Friday, August 12, 2016

वनकरिया समुदायकी पहिलो एसएलसी उत्तीर्ण पम्फा पढ्नबाट बन्चित

Plus 2 College in Nepal
Plus 2 College in Nepal

                           लोपोन्मुख वनकरिया समुदायबाट एसएलसी उत्तीर्ण एक मात्र छात्राले गरिबीको कारण पढ्ने अवसरबाट बन्चित भएकी छन ।
‘सी’  ग्रेडमा एसएलसी उत्तीर्ण भएकी मकवानपुर हाडीखोला गाविस ७ मुसेधापकी पम्फा वनकरियाले प्राविधीक विषय अध्ययन गर्नका लागि नवलपरासी गैडाकोटस्थित कालिका टेक्निकल ईन्सिच्युटमा पढ्न प्रवेश परीक्षा दिएकी थिइन । तर इन्सिच्युटले स:शुल्करुपमा अध्ययनका लागि वैकल्पिकमा नाम प्रकाशित गरेको छ ।
ल्याब असिसटेन्टमा नि:शुल्क पढ्नका लागि उनले प्रवेश परीक्षा दिएकी थिइन् । उनको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकाले शुल्क तिरेर पढ्ने अवस्था छैन । सुशल्क पढ्न एक लाख रुपैयाँ लाग्ने उने बताइन् ।
छात्राबासको खर्च स्थानीय अच्युत अधिकारीले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन तर ईन्सिच्युटले लोपोन्मुख समुदायकी एकमात्र छात्रालाई अध्ययन गर्नका लागि छात्रावृत्ति नदिएका कारणले पम्फाको पढ्ने धोको पुरा नहुने भएको हो । वनकरिया समुदायबाट एसएलसी उत्तीर्ण गर्ने उनीमात्र व्यक्ति हुन् ।
पम्फाले बसामाडीस्थित निर्मल उच्च माबिवाट एसएलसी परीक्षा दिएकी थिइन ।
‘लोपोन्मुख समुदायवाट वल्लवल्ल एसएलसी उत्तिर्ण गरेकी पम्फालाई राज्यले नै आवासीय सुविधासहितको छात्रावृत्ति दिएर पढाउनु पर्छ’, नेपाल आदीवासी जनजाती महासंघ मकवानपुरका अध्यक्ष तीर्थवहादुर थापाले भने ।
नर्सिङ पढ्ने ईच्छा भएकी पम्फाको विज्ञान विषयमा ‘सी’ ग्रेड नआएकाले ल्याव असिस्टेन्ट पढ्नका निम्ति प्रवेश परीक्षा दिएकी थिइन ।
बिहान बेलुका हातमुख जोड्न समस्या रहेको परिवारकी पम्फा ‘हामीजस्ता गरिब र पछाडी परेकाले  पढ्न पाइदो रहेनछ’ भन्दै निराश भएकी छन् ।
मकवानपुरबाहेक अन्यत्र वनकरिया समुदायको बसोवास छैन । डेढ दशकअघिसम्म वनकरिया समुदाय चुरे क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएका थिए । हाँडीखोला गाविस मुसेधापमा वनकरिया जातीको १७ घरधुरीमा ९५ जनाको बसोवास छ ।
सरकारले वनकरिया समुदायलाई राज्यको मुलधारमा ल्याउने उद्देश्यले विगत ६ वर्षदेखि प्रत्येक वनकरियालाई मासिक एक हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता दिंदै आएको थियो । साउन महिनादेखि सामाजिक सुरक्षा भत्ता २ हजार रुपैयाँ भएको छ ।
सामाजिक सुरक्षा भत्ता र केही सहयोगीको कारणले  पम्फा वनकरियाले एसएलसीसम्म पढन सम्भव भएको हो ।



Tuesday, August 9, 2016

हरेक दिन १५ हजार नेपाली इन्टरनेटमा जोडिन्छन्

Top 10 Colleges in Nepal
Plus 2 College in Nepal


 हरेक दिन कति नेपाली इन्टरनेट सञ्जालमा जोडिएलान् ?  तपाईंले कति अनुमान लगाउनुहोला  ? दुईरचार सय वा एकरदुई हजार ! त्यसो भए तपाईंको अनुमान गलत हुनेछ । नेपाल दूरसञ्चार प्राधिकरणको प्रतिवेदनलाई आधार मान्दा, दुईरचार हैन, हरेक दिन १५ हजारभन्दा बढी नेपाली इन्टरनेटमा जोडिरहेका छन् । प्राधिकरणले यसै महिना निकालेको पछिल्लो व्यवस्थापन सूचना प्रणाली (एमआईएस) प्रतिवेदनले यस्तै तथ्यांक देखाउँछ । प्राधिकरणले हरेक महिना एमआईएस प्रतिवेदन निकाल्छ । पछिल्लो एमआईएस प्रतिवेदनमा गत चैत महिनाको विवरण समावेश छ ।
प्रतिवेदनअनुसार फागुन अन्तिमदेखि चैत अन्तिमसम्म इन्टरनेटमा जोडिने नेपालीको संख्या ४ लाख ५५ हजार ९ सय ७५ छ । जसलाई दैनिक तथ्यांकमा रूपान्तरण गर्ने हो भने हरेक दिन इन्टरनेटमा जोडिने नेपालीको संख्या १५ हजार १ सय ९९ हुन आउँछ । यसअघिको प्रतिवेदन ९माघ अन्तिमदेखि फागुन अन्तिमसम्म० मा उल्लिखित तथ्यांकलाई आधार मान्दा, दैनिक इन्टरनेटमा जोडिनेको संख्या १० हजार ९७ जना मात्र थियो ।
स्मार्टफोन प्रयोगकर्ता बढेसँगै मोबाइलमा इन्टरनेट चलाउनेको संख्या बढिरहेको छ । जसले इन्टरनेटको सञ्जालमा आवद्ध हुने नेपालीको संख्या बढाइरहेको छ । ‘अहिले इन्टरनेट चलाउनेको संख्या बढ्नुको मुख्य कारण नै स्मार्टफोनको प्रयोग धेरै हुनु हो,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘इन्टरनेटमा जोडिनेमध्ये सबैभन्दा धेरै मोबाइलमा जोडिनुले यसलाई पुष्टि गर्छ ।’ हरेक दिन १५ हजारभन्दा बढी इन्टरनेटमा जोडिए पनि अझै आधा नेपाली इन्टरनेटको पहुँचबाहिर छन् । हालसम्म जम्मा ५० दशमलव ११ प्रतिशत नेपालीले मात्र इन्टरनेट चलाउन पाएका छन् ।
पछिल्लो एमआईएस प्रतिवेदनअनुसार एक महिनाभित्र मोबाइलमा इन्टरनेट चलाउने उपभोक्ता ४ लाख ५३ हजार २ सय ५८ ले बढेका छन् । यी उपभोक्ताले जीपीआरएस, ईडीजीए र थ्रीजी सेवा लिएर मोबाइलमा इन्टरनेट चलाउछन् । ‘अहिले गाउँगाउँमा स्मार्टफोन चलाउनेहरू बढेका छन्,’ अर्यालले भने, ‘स्मार्टफोन भइसकेपछि कुनै न कुनै इन्टरनेट आवश्यक परिहाल्छ, त्यसैले धेरैले मोबाइलमै यस्तो सेवा लिने गर्छन् ।’
घरमा तारयुक्त वा ताररहित इन्टरनेट जोड्नेले घरलाई ‘वाइफाई जोन’ बनाउने चलन छ । यसले गर्दा एउटै इन्टरनेट लाइनबाट धेरै उपकरण चलाउन सकिन्छ । जसले गर्दा अन्य खाले सेवाको वृद्धिदर मोबाइल इन्टरनेट प्रयोगकर्ताको तुलनामा कम हुने गरेको छ ।
‘मोबाइलमा चलाउनका लागि हरेकले इन्टरनेट सेवा लिन्छन्, जसले गर्दा यसमा उपभोक्ता संख्या धेरै देखिनु स्वाभाविक हो,’ अर्यालले भने । प्राधिकरणले निकालेको एमआईएस प्रतिवेदनअनुसार गएको माघ अन्तिमदेखि फागुन अन्तिमसम्म भने ३ लाख २ हजार ९ सय ११ मात्र ग्राहक थपिएका थिए । जसमध्ये २ लाख ९४ हजार ७ सय ४६ उपभोक्ता मोबाइलमा इन्टरनेट चलाउने थिए ।
डायलअपमा घट्दै, एडीएसएल बढ्दै
मोबाइलमै चलाउन पाइने भएपछि पुरानो डायलअप प्रविधिमा इन्टरनेट चलाउनेको संख्या भने घट्न थालेको छ । डायलअपमा कम गतिको इन्टरनेट सेवा पाइने भएकाले उपभोक्ताले यो प्रविधिलाई छाड्न थालेका हुन् । पछिल्लो एमआईएस प्रतिवेदनअनुसार एक महिनामा डायलअप प्रविधमा इन्टरनेट चलाइरहेका ६१ जना ग्राहकले यो सेवा छाडेका छन् । अहिले नेपालमा ९ हजार ३ सय ८२ उपभोक्ताले यो प्रविधिमा इन्टरनेट चलाइरहेका हुन् ।
यसैगरी ताररहित मोडेम, अप्टिकल फाइबर, केबल मोडेम, सीडीएमए प्रविधिको थ्रिजी ९इभिडियो०, भिस्याटलगायतका प्रणालीमा समेत ग्राहकको आकर्षक कम देखिएको छ । पछिल्लो प्रतिवेदनले एक महिनामा ताररहित मोडेम र अप्टिकल फाइबरबाट इन्टरनेट चलाउने ग्राहकको संख्या १ जनाले मात्र बढेको छ । यसैगरी केबल मोडेम, सीडीएमए प्रविधिको थ्रिजी र भिस्याट प्रणालीका ग्राहकको संख्या भने केही वर्षदेखि नै बराबर रहँदै आएको छ ।
डायलअपलगायतका प्रविधिका ग्राहक घटिरहेका बेला नेपाल टेलिकमको एडीएसएल सेवामा भने उपभोक्ताको संख्या केही बढेको छ । पछिल्लो प्रतिवेदनले एडीएसएलका ग्राहकको संख्या एक महिनामा २ हजार ५ सय ७६ ले बढेको देखाएको छ । यसैगरी वाइम्याक्सका ग्राहक पनि एक महिनामा १ सय ६१ ले बढेको छ ।

सरकारी स्कुल धमाधम बन्द, Plus 2 College in Nepal, Bachelor College in Nepal, Master Degree in Nepal

College in Nepal
Plus 2 College in Nepal

श्रावण २५, २०७३- एक कक्षामा दुई र दुई कक्षामा तीन विद्यार्थी । उनीहरूलाई एउटै कोठामा राखेर पढाउँदैछिन् शिक्षिका इन्दिरा केसी । तीन कक्षामा भने एउटै विद्यार्थी छैनन् ।
‘के गर्नु विद्यार्थी भएनन् । स्कुल जोगाउनै मुस्किल भयो,’ केसीले भनिन्, ‘अभिभावकले छोराछोरी अन्यत्र पठाए, घरसँगैको स्कुललाई माया गरेनन् ।’ हेम्जास्थित दीपेन्द्र प्राविको अवस्था हो यो । २०४६ सालमा खुलेको विद्यालयका दुई भवन छन् । जग्गाजमिनसहित बेन्च, डेस्क, शिक्षण सिकाइका सामग्री पनि प्रशस्त छन् । तर विद्यार्थी नभएपछि सरकारी भाषामा उक्त विद्यालय हेम्जाकै बालकल्याण प्राविमा गाभिने आइतबार निर्णय भएको छ ।
‘स्थानीय बासिन्दाको पहलमा स्कुल खुलेर राम्रै सञ्चालन पनि भइरहेको थियो,’ प्रधानाध्यापक भरतबहादुर थापाले भने, ‘नजिकमा बस्ती ठूलो छ तर सबैलाई बोर्डिङको हावाले छोएर छोराछोरी पठाइदिएनन् । विद्यालयको प्रगति हुनुपर्नेमा उल्टो बन्द गर्नुपर्ने भयो ।’
ढिकुरपोखरीस्थित विकासज्योति प्राविको हविगत पनि उस्तै छ, यसै वर्षदेखि महेन्द्र प्राविमा गाभ्ने निर्णय भएको छ । तीन कक्षासम्म पढाइ हुने स्कुलमा जम्मा नौ विद्यार्थी थिए । एक कक्षामा पाँच, दुईमा तीन र तीन कक्षामा एक मात्र । तत्काल विद्यार्थी बढ्ने अवस्था पनि नदेखिएपछि बन्द गर्नुपरेको शिक्षा कार्यालयले जनाएको छ । एकैघरका तिम्ल्याहा दुई र तीन कक्षामा पढछन् । स्थानीयवासीको पहलमा ०४६ मा स्थापना भएको हो उक्त विद्यालय । प्रधानाध्यापक श्रीराम त्रिपाठीले नजिकको विद्यालय पुग्न डेढ घण्टा लाग्ने भएकाले कलिला बालबालिकालाई नपढ भन्न खोजिएको हो कि भन्ने लागेको बताए । आसपासमा ४० जति घर भए पनि बालबालिका कम रहेको उनको भनाइ छ ।
२०४६ को परिवर्तनपछि सामुदायिक विद्यालय खोल्ने लहरै चल्यो । तर, अनुगमन र नक्सांकन भएन, न त भौतिक पूर्वाधारै हेरियो । राजनीतिक दलहरूले कार्यकर्तालाई जागिर खुवाउन पनि विद्यालय सञ्चालनमा ल्याए । परिणाम, शिक्षण सिकाइ गुणस्तरीय नहुँदा छोराछोरी पढाउन सहरमै बसाइँ सर्नुपर्ने बाध्यता बन्दै गयो । त्यही कारण हो, कास्कीका ग्रामीण भेगका विद्यालय विद्यार्थी अभावमा धमाधम बन्द भएका छन् । नयाँ शैक्षिक सत्र सुरु भएको चार महिना बित्दासमेत शून्य र न्यून विद्यार्थी भएपछि जिल्ला शिक्षा समितिले आइतबार मात्रै १३ विद्यालयलाई गाभ्ने निर्णय लिएको छ । पाँच वर्षयता ४२ वटा प्राथमिक विद्यालय बन्द भइसकेका छन् । समितिले सात विद्यालयको कक्षा घटुवासमेत गरेको छ ।
‘केहीमा शून्य र केहीमा २/४ जना मात्र विद्यार्थी भएकाले बन्द गरी अन्यमा गाभ्ने निर्णय गरिएको हो,’ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले भने, ‘अझै थुप्रै विद्यालयमा विद्यार्थी संख्या न्यून छ ।’ दीपेन्द्र प्राविसँगै घर जोडिएका डम्बरबहादुर अधिकारीलाई कष्टसाथ स्थापना गरिएको विद्यालय बन्द हुँदा दु:ख लागेको छ ।
गुणस्तरीय शिक्षा अभाव, बसाइँसराइ, बोर्डिङ, अंग्रेजी मोह, शिक्षक, अभिभावकको बेवास्ता र जन्मदर कम भएर पनि गाउँमा बालबालिका नभएकाले विद्यालयहरू संकटमा छन् । बन्द विद्यालयका शिक्षकलाई नजिकका विद्यालयमा स्थानान्तरण र पुल दरबन्दीमा राखेर मिलान गरिएको छ । भौतिक सम्पत्तिको पनि व्यवस्थापन गर्ने समितिको निर्णय छ । शिक्षा नियमावलीमा पहाडमा ४५ विद्यार्थी बराबर एक तथा प्राविमा ५० विद्यार्थीमा कम्तीमा दुई र बढी भए तीन शिक्षक हुनुपर्ने उल्लेख छ । तर, कास्कीमा अझै तीन दर्जनभन्दा बढी विद्यालयमा विद्यार्थी संख्या न्यून छ ।
शिक्षक र अभिभावकले शैक्षिक गुणस्तर उकासेर विद्यार्थी आकर्षित गर्नुपर्ने पहिलो सर्त भए पनि पहल नहुँदा समस्या आएको स्थानीय बासिन्दा बताउँछन् ।
‘सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा दिनेतर्फ ध्यानै दिएनन्,’ हेम्जाका अर्जुनबहादुर थापाले भने । राज्य र स्थानीय बासिन्दाको लगानीका विद्यालय धमाधम बन्द हुँदै जानु दु:खद भएको अभिभावक संघका केन्द्रीय सदस्य हेमराज बरालले बताए । ‘गुणस्तरीय शिक्षा दिएर अभिभावकको मन जित्ने प्रयास गर्नुपर्छ,’ उनले भने ।

Monday, August 8, 2016

एक युगको अन्त्यः सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज बन्द,Plus 2 College in Nepal,College in Nepal,Top 10 Colleges in Nepal

College in Nepal
Plus 2 College in Nepal


पाइरेसी साइट तथा सर्च इन्जिन किकस टोरेन्ट्स बन्द भएको केही हप्ता नबित्दै अर्को सबैभन्दा ठूलो टोरेन्ट सर्च इन्जिन टोरेन्ज डट इयु पनि बन्द भएको छ ।
मिडिया रिपोर्ट अनुसार टोरेन्ज डट इयुले शुक्रबारबाट आफ्नो पोर्टलहरु बन्द गरेको छ ।
हालैमात्र पाइरेट बे ले आफ्नो साइट बन्द गर्ने निर्णय गरेको थियो । त्यसैलाई पछ्याउँदै टोरेन्जले पनि आफ्ना दशौँ लाख प्रयोगकर्तालाई विदाई गरेको छ ।
सन् २००३ मा स्थापना भएको टोरेन्जका दैनिक दशौँलाख भिजिटर्स पुगेका थिए र यो सबैभन्दा धेरै प्रयोग गरिने टोरेन्ट साइटमध्ये एक थियो ।
टोरेन्जको होमपेज अझै एक्टिभ भएपनि यसले सर्च कार्यभने पूर्णरुपमा निस्त्रिmय बनाएको छ र सबै टोरेन्ट लिंकहरु पनि हटाएको छ ।
टोरेन्जमा अहिले केही चिजहरु सर्च गर्दा यस्तो टेक्स्ट आउँदछः टोरेन्ज निशुल्क, तिव्र तथा शक्तिशाली मेटासर्च इन्जिन थियो जसले दर्जनौँ सर्च इन्जिनबाट लिएका नतिजाहरु एकत्रित पारेर देखाउँथ्यो ।
टोरेन्जमा अब लगइन गर्न सकिनेछैन । लगइन गर्दा मेसेज आउँछः टोरेन्जले तपाइँलाई सधै माया गर्नेछ, विदाई ।
स्मरण रहोस् पाइरेसी साइट किकस टोरेन्टका संस्थापक ३० वर्षीय आर्टेम भलिन २ हप्तअघि पोल्याण्डमा पक्राउ परेका थिए । उनलाई प्रतिलिपि अधिकार, मुद्रा निर्मलीकरण लगायतका विभिन्न ४ मुद्धामा अमेरिकी अदालतमा करोडौँ क्षतिपूर्ति तथा सजाय माग गरी मुद्धा चलाइँदैछ । संस्थापक भलिन पक्राउ परेसँगै किकस टोरेन्ट बन्द गरिएको छ ।

Sunday, August 7, 2016

कसरी सुरु भयो कोडाक, नोकिया र याहूको आरालो यात्रा ?

College in Nepal
Plus 2 College in Nepal


श्रावण २२, २०७३- सन् २०१० यता विश्वका तीन ठूला प्रविधि कम्पनीको व्यवसायिक यात्राले लगभग बिश्राम लिन पुग्यो । एक सय वर्षभन्दा लामो इतिहास बोकेको कोडाक टाट पल्टिएको, डेढ शताब्दीको इतिहासमा करोडौं मान्छेको सञ्चार सम्पर्कको लागि डिभाइस बनाएको नोकियाको अवतरण र भर्खरै बिक्री भएको दुई दशक पुरानो कम्पनी याहूको व्यवसायिक यात्राले बिश्राम लिएको खबरले विश्व नै तरंगित हुन पुग्यो ।
यी तीनै कम्पनी आफ्नो समयका विश्वविख्यात र करोडौं प्रयोगकर्ताले सेवा लिने कम्पनीमा गनिएका थिए । तर, समय सधैं उस्तै रहंदैन । भविष्य चिन्न नसक्दा कसरी कहलिएको कम्पनी भुइंमा बजारिन्छन् कसैले भन्न सक्दैन ।
आफ्नै इन्जिनियरले बनाएको डिजिटल क्यामेराको भविष्य पहिचान गर्न नसकेको कोडाक, स्मार्टफोनको बजार चिन्न नसकेको नोकिया र मोबाइल प्रविधिमा ढल्किन नसकेर पछि परेको याहू । यी तीनै कम्पनीका एक एक ठूला गल्तीहरु इतिहासको रुपमा चित्रित भएका छन् । तीनै कम्पनीको रफ्तारमा लागेको ठेसले दिएको सन्देश के हो भने प्रविधि परिवर्तनशील छ र यसलाई चिन्न नसक्ने कतिबेला शून्यमा बिलाउछन् पत्तो हुंदैन । किनकी २० औं शताब्दीमा कसैले सोचेका थिएनन् होला कि कुनै दिन कोडाक आफ्नै कर्मचारीलाई दिने पेन्सनको भारले उठ्नै नसक्ने गरी थिचिन्छ । २१ औं शताब्दीको सुरुवातमा कसैलाई लागेको थिएन होला कि कुनै बेला नोकियाले आफ्नो बजार आधिपत्य गुमाउँछ । आजभन्दा १० वर्ष अघि सम्म कसैले अनुमान गर्ने कल्पना गर्न सक्दैन थियो कि फेसबुकजस्ता सामाजिक सञ्जालले याहूको लोकप्रियतालाई पछि पार्नेछ ।

२००७ मा आइफोन रिलिज भएपछि मोबाइल टेक्नोलोजीमा धेरै विकास भयो । प्रयोगकर्ताले धेरै सेवा मोबाइलबाटै पाउन थाले । समाचार पढ्ने, इमेल चेक गर्नेदेखि च्याट र सोसल मिडिया साइट पनि मोबाइलबाट चलाउने ट्रेण्ड सुरु भयो ।

अहिलेका स्मार्टफोनमा प्रयोग भएको मोबाइलको धेरै टेक्नोलोजीको कपीराइट कोडाकसंग छ । सन् २०११ को आधा वर्षमा मात्रै कोडाकले स्मार्टफोनको क्यामेरामा प्रयोग भएका उसको टेक्नोलोजीको कपीराइट बापत २ करोड ७० लाख अमेरिकी डलर कमाई गरेको थियो । त्यो भन्दा अघिल्लो तीन वर्ष उसले कपीराइटको कूल रकम मात्रै झण्डै २ अर्ब पाएको थियो ।
अहिलेको डिजिटल क्यामेरामा प्रयोग भएका टेक्नोलोजी उसले सन् १९९० को दशकमा गरेको अनुसन्धानको प्रतिफल हो । त्यो बेलामै कोडाकले ४० करोड डलर खर्च गरेर क्यामेराको डिजिटल टेक्नोलोजीमाथि अनुसन्धान गरेको थियो । तर, आफूभन्दा ५ दशक कान्छो कम्पनी क्याननसंग उसले बजार प्रतिस्पर्धा गर्न सकेन । कोडाक अस्ताइसक्दा क्यानन अहिले पनि बजारमा आधिपत्य जमाइरहेको छ ।
यसको कारण के होला ? डिजिटल क्यामेरा ।
सन् १९७५ मै कोडाकका इन्जिनियर स्टेफेन स्यासनले अहिलेको डिजिटल क्यामेराको पहिलो रुप तयार पारेका थिए । उनले रिल धुलाउनु पर्ने क्यामेरा प्रविधिको सट्टा इलेक्ट्रोनिक सेन्सरमा इमेज बस्ने प्रविधिको विकास गरेका थिए । तर, कोडाक व्यवस्थापनले यसलाई आफ्नो एनालग प्रविधिको क्यामेराका शत्रु हुने ठानेर रुची देखाएन । फलस्वरुप सन् १९८० पछि क्याननले डिजिटल क्यामेराको उत्पादन थाल्यो र बजारमा लोकप्रियता कमायो ।
कोडाकले आफ्नो गल्ती महशुस गर्दै सन् १९९० को दशकमा डिजिटल क्यामेरामाथि अनुसन्धान थालेपछि अझैं १० वर्ष आफ्नो क्यामेराको बजार देख्यो । जुन उसको ठूलो भूल सावित भयो ।
यस्तै इतिहास नोकियाको पनि छ । २०१३ को सेप्टेम्बरमा नोकियाको मोबाइल यूनिट माइक्रोसफ्टलाई बिक्री गरेको घोषणा गर्दा प्रमुख कार्यकारी अधिकृत (सिईओ) स्टेफेन इलोपले मन्तव्यका क्रममा भनेका थिए, ‘हामीले केही गल्ती गरेका थिएनौं तर कसरी कसरी हामी हार्‍यौं ।’ यसो भन्दा उनको आंखाबाट आंशु खसेका थिए ।
नोकियाको बजार आधिपत्यको अन्त्य आइफोइनको रिलिजलाई मानिन्छ । सन् २००७ मा आइफोन रिलिज भएपछि अर्को वर्षसम्म पनि नोकियालाई विश्वकै सबैभन्दा प्रभावशाली ब्राण्ड मानिन्थ्यो । उसले कहिल्यै अनुमान गरेको थिएन कि स्टिभ जब्सको आइफोनले मोबाइल प्रविधिमा नयाँ आयाम थपिदिनेछ र उसको बजार एकाधिकार समाप्त हुनेछ । तर, भयो त्यस्तै, आइफोनको अगाडि उसको स्याम्बियन अपरेटिङ सिस्टम फिक्का हुंदै थियो । झन्, २००८ मा गुगलले मोबाइल डिभाइसको लागि एन्ड्रोइड अपरेटिङ सिस्टम सार्वजनिक गरेपछि नोकियाको ओरालो यात्रा सुरु भयो किनकी न नोकियाले आफ्नो अपरेटिङ सिस्टमलाई प्रयोगकर्ता मैत्री बनायो न कुनै नयां आविष्कार गर्‍यो । उसले सन् १९९० को दशकमा गरेको अनुसन्धानलाई नै आफ्नो आधार बनायो । प्रयोगकर्ताको रुची धेरै अघि बढिसकेको थियो ।
अहिले एन्ड्रोइड अपरेटिङ सिस्टम भएको सबैभन्दा धेरै डिभाइस बिक्री गर्ने कम्पनीको रुपमा सामसुङको उदय भएको छ । उसले अहिले वर्षको एक अर्बभन्दा बढी स्मार्टफोन बिक्री गर्छ । स्मार्टफोन बजारको दुई तिहाई हिस्सा उसकै कब्जामा छ । आइफोन दोस्रो नम्बरमा अटाएको छ । एन्ड्रोइड अपरेटिङ सिस्टममा भएको प्रयोगकर्तामत्री फिचर र कम्पनीले थपेको नयाँ– नयाँ डिभाइसले यो सम्भव भएको हो ।
शृजनशील स्मार्टफोनको भीडमा नोकियाको बलियो मानिने डिभाइस र उस्तै लाग्ने अपरेटिङ सिस्टमवाला फोन हराएको छ । यही बजार रफ्तारको भीडमा डाटा सेक्युरिटीको फरक पहिचान बनाउन खोजेको ब्ल्याकबेरी बजारको लागि संघर्षरत छ भने नोकियाको मोबाइल यूनिट किनेर स्मार्टफोन बजारमा फर्किन खोजेको माइक्रोसफ्टको विन्डोज फोन पनि गुमनाम भइसक्यो ।
नोकियाको मोबाइल यूनिट माइक्रोसफ्टलाई बिक्री भएको सार्वजनिक हुनेवित्तिकै लिंकडिनमा टिप्पणी प्रकाशित गर्दै जियाद जिवाब्राले लेखेका थिए, ‘हिजोको अवसर भोलिको ट्रेण्डले विस्थापित गरिदिन्छ ।
कुनै कम्पनीले कुनै गल्ती गरिरहनु पर्दैन, उसको प्रतिस्पर्धीले गरेको एउटै सही निर्णयले उसलाई गलत साबित गरिदिन्छ ।’
यही भनाई अहिले याहूको हकमा पनि लागू हुन्छ ।
रमाइलो त के छ भने कुनै बेला गुगललाई आफ्नो प्रतिस्पर्धी मानेर किन्न खोजेको याहू अहिले कौडीको भाउमा बिक्री भएको छ । तर, गुगल ? गुगलको अहिलेको बजार भाउ ५ सय २७ अर्ब डलर छ ।
सन् १९९८ को कुरा हो । याहूले गुगललाई आफ्नो प्रतिस्पर्धी मानेर एक अर्ब डलरमा किन्न खोजेको थियो । तर, गुगलले ३ अर्ब डलर माग गर्‍यो । तर, याहूले भर्खरैको कम्पनी किन्न त्यत्रो रकम खर्चिन तयार भएन । सन् २००२ मा उसलाई आफ्नो गल्ती महशुस भयो र फेरि गुगल किन्ने विचार गर्‍यो, ३ अर्ब डलरमा । तर, गुगलले ५ अर्ब माग गर्‍यो । र, किन्ने कुरा फेरि अन्त्य भयो ।
भर्खरै मात्र याहू अमेरिकी कम्पनी भेरिजोनले करिब ५ अर्बमा किनेको छ । स्थापनाको दुई दशकमै सफलताको अग्लो शिखर चढेको याहू यति चाडै पछारिएला भन्ने अनुमान केही वर्षअघिसम्म कमैले गरेका थिए ।
अघिल्लो वर्ष नै याहूले आफ्नो धेरै प्रडक्ट चिनियाँ कम्पनी अलीबाबाअन्तर्गत राखिसकेको थियो । र, इन्टरनेट सेवा मात्रै भेरिजोनले किनेको हो । भेरिजोनले किनेको इन्टरनेट सेवाको मूल्य ५ अर्ब भए पनि याहूको अलीबाबा अन्तर्गतको सेयरसहितको मूल्यांकन भने करिब ४० अर्ब जतिको छ । आजभन्दा १६ वर्ष अगाडि सेयर बजारमा याहूको मूल्य १ सय २५ अर्ब थियो । सन् २००८ मा माइक्रोसफ्टले ४४ अर्बमा किन्न खोज्दा याहूले अस्वीकार गरेको थियो ।
याहूको असफलतालाई पनि आइफोनसंगै जोडेर हेर्ने गरिन्छ । २००७ मा आइफोन रिलिज भएपछि मोबाइल टेक्नोलोजीमा धेरै विकास भयो । प्रयोगकर्ताले धेरै सेवा मोबाइलबाटै पाउन थाले । समाचार पढ्ने, इमेल चेक गर्नेदेखि च्याट र सोसल मिडिया साइट पनि मोबाइलबाट चलाउने ट्रेण्ड सुरु भयो । तर, याहूका १५ वटा इन्टरनेट सेवामध्ये कुनै पनि मोबाइल मैत्री छैनन् र यी मध्ये अधिकांश सेवा उसले सुरु गरेका होइनन्, उसले चलिरहेको कम्पनी किनेर आफ्नो बनाएको हो ।
यसलाई विश्लेषण गर्ने हो भने पनि याहू शृजनशीलतामा कति कमजोर रहेछ भन्ने पुष्टि हुन्छ । उसका याहू मेल सर्भिस, फोटो सेयरिङ सेवा फ्लिकर, वेब बुकमार्क साइट डिलिसियस, याहू गेम, इभेन्ट क्यालेन्डर साइट अपकमिङ डट ओआरजीजस्ता इन्टरनेट सर्भिसहरु मोबाइलमैत्री छैनन् र यी सबै याहूले किनेर आफ्नो बनाएको सेवा हुन् । स्मार्टफोन टेक्नोलोजीको ट्रेण्डलाई समयमै बुझ्न नसकेर याहू यो हालतमा पुगेको अनुमान धेरैको छ ।
याहूको नामको पछाडि एउटा विश्मयबोधक चिन्ह छ । याहू नाम गरेर पहिल्यै एक सस उत्पादन गर्ने कम्पनी दर्ता भइसकेको भएर ब्राण्डको लागि याहूको पछाडि यस्तो चिन्ह राखिएको थियो । यसको अर्को कारण पनि छ, याहू भन्दा हल्काफुल्का शब्द सुनिएला भनेर विश्मयबोधक चिन्ह राखिएको थियो । तर, याहूको अहिलेको हालत व्याख्या गर्न त्यही विश्मयबोधक चिन्ह साह्रै प्रभावकारी हुन्छ किनकी याहूको सस्तो बिक्री मूल्य सुन्दा धेरैलाई अचम्मै लाग्छ ।

एक महिनापछि ग्रेड वृद्विको परीक्षाफल प्रकाशित हुने


Plus 2 College in Nepal
Plus 2 College in Nepal

श्रावण २२, २०७३ परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले भदौभित्रै ग्रेड वृद्वि परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले भदौको अन्त्यसम्ममा परीक्षाफल प्रकाशन गर्ने बताउनुभयो । गत साउन १४ गतेवाट साधारण धारका सैद्वान्तिक विषयमा डी र इ ग्रेड प्राप्त गरेका विद्यार्थीले हिजोसम्म परीक्षा दिएका थिए । प्राविधिक तर्फका विद्यार्थीले पर्सी २४ गते सोमवारसम्म परीक्षा दिनेछन् । यस पटकको ग्रेड वृद्वि परीक्षामा करिव ७३ हजार विद्यार्थी सामेल भएको परीक्षा नियन्त्रक काप्रीले बताउनुभयो ।

Tuesday, August 2, 2016

अब ई–आर्ट सपिङ


श्रावण १६, २०७३- ई–आर्टस् नेपाल डट कमको इमेल ठेगानामा एउटा म्यासेज आयो । एक विदेशी नागरिकले लेखेका थिए, ‘मनुजबाबु मिश्रको मोनालिसा पेन्टिङ किन्न चाहन्छु ।’ लियोनार्दो दा भिन्चीले कोरेको मोनालिसाको प्रिन्ट संसारभर पाइन्छ । तर, ती विदेशीले किन नेपाली कलाकारको सिर्जना मन पराए होलान् ? ई–आर्टस् ग्यालरीका मुख्य संयोजक आशा डंगोल भन्छन्, ‘मनुज बाबुको मोनालिसामा नेपालीपन छ, त्यसैले फरक लागेको हुन सक्छ ।’
उनले भने जस्तै, मनुजले मोनालिसालाई साँच्चिकै नेपालीकरण गरेका थिए । गुन्यू, चोलीमा सजिएकी मोनालिसा डोको बोकेर हिँड्दै गरेको चित्रले निकै चर्चा पनि पाएको थियो, ढुंग्री लाएकी यही मोनालिसा विदेशीको पनि रोजाइमा पर्‍यो । त्यसैले चार वर्षअघि मनुजको १२ वटा मोनालिसा सिरिजका चित्रहरू ती विदेशीले अनलाइन– मार्फत् नै खरिद गरे ।
चित्रकारसमेत रहेका आशाले त्यति बेलादेखि अनलाइन मार्केटको प्रभाव कति बुलन्द हुँदो रहेछ भन्ने महसुस गरे । ‘कहाँ न कहाँको व्यक्तिले नेपाली कलाकारका सिर्जना खोजी गर्दा रहेछन्,’ उनले भने, ‘त्यसपछि नै हो अनलाइन मार्केटमा भविष्य छ भन्ने लाग्न थालेको ।’ उनीसँग इन्टरनेटबाटै २०११ देखि २०१२ को बीचमा एक सय चित्र बिक्री गरेको अनुभव सुनाए । त्यस्तै, २०१४ देखि २०१६ सम्म ५० चित्र बेचे । भूकम्पपछि भने अनलाइन मार्केटमा असर परेको आशा बताउँछन् ।
नेपाली कला बजार विश्वव्यापी बनाउन र प्रमोसन गर्न ६ वर्षअघि काष्ठमण्डप गु्रप र बिजनेस वुमन सुजन श्रेष्ठ मिलेर ई–आर्टस् नेपाल ग्यालरी सञ्चालनमा ल्याएको हो । आशाका अनुसार ग्यालरीमा मनुजसँगै, शशि शाह, किरण मानन्धर, सीमा शाह, उमाशंकर शाह लगायत पाका कलाकारसँगै युवापुस्ता गरी ६० जनाका १०/१० पेन्टिङ बिक्रीमा राखिएका छन् । किरणका अमूर्त चित्रसँगै सीमा र उमाका मिथिला प्रभावका चित्र धेरैले मन पराउने गरेको उनले बताए ।
पछिल्लो समय ग्यालरी सञ्चालनसँगै वेबसाइटमार्फत् आर्ट मार्केट सुरु गर्नेहरू पनि बढ्दै छन् । भाव आर्ट ग्यालरीका संस्थापक पवनप्रताप राणाले अनलाइनमार्फत् राम्रो आर्ट व्यापार गर्न सकिने अनुभव बटुलेका छन् । पाँच वर्ष यता व्यक्तिगत कारणले अपडेट हुन नसके पनि विगतका दिनमा अनलाइनबाट थुप्रै चित्र व्यापार गरेको उनले बताए । उनका अनुसार ८५ प्रतिशत नेपाली नै उनका अनलाइनका ग्राहक छन् । वेबसाइटमा राखिएका पेन्टिङ हेरेर सम्पर्क राख्नेहरू पनि धेरै छन् । एभरेस्ट आर्ट ग्यालरी खोलेका लक्ष्मीप्रकाश सैंजूले पनि अनलाइन सेलिङ गर्न थाले ।
प्रदर्शनी गरेर नजिकका ग्राहक मात्रै प्रभावित हुन्छन् । सैंजूका अनुसार इन्टरनेटको सहायता लिनुको कारण विश्वबजारमा रहेका अथाह ग्राहकलाई तान्नु हो । उनले वेबसाइटमा ५ सयदेखि २ लाख रुपैयाँसम्म पर्ने चित्रहरू बिक्रीमा राखेका छन् । एकजना ताइवानी नागरिकले उनको वेबसाइटमा राखेका चित्र हेरेपछि ग्यालरी खोज्दै आएको उनले बताए । ‘अनलाइन नभएको भए यो कसरी सम्भव थियो र ?’ उनले भने, ‘त्यसपछि उसले अनलाइनमा राखेका चित्र प्रत्यक्ष हेरेर केही चित्र किनेर पनि लग्यो ।’
अनलाइन ग्यालरीमा राम्रो आर्ट मार्केट भए पनि सञ्चालकहरू आर्थिक पाटो भने खासै खुलाउन चाहँदैनन् । यति नै भन्ने निश्चित नहुने दाबी गर्दै उनीहरू पन्सिन्छन् । आर्टस् अफ नेपालका रामकृष्ण सिंह भन्छन्, ‘खुद्रा व्यापारजस्तो आर्ट मार्केटको तुलना गर्न मिल्दैन ।’ उनले नयाँ पुस्तालाई प्रमोट गर्ने र पुराना पुस्ताको कृति संकलन गर्ने उद्देश्यले अनलाइन ग्यालरी खोलेको बताए । १० हजार रुपैयाँदेखि ५०/६० हजार रुपैयाँ पर्ने चित्र उनले अनलाइनमा राखेका छन् । पेसाले चाहिँ उनी इन्जिनियर हुन् । आर्ट मार्केट नलाइनमार्फत् सम्भावना देखेपछि उनले कलाकारसँग मिलेर डिजिटल ग्यालरी सञ्चालनमा ल्याएको बताए । पौभा मन पराउने विदेशीले धेरै अनलाईन सर्च गरेर सोधपुछ गर्ने गरेको उनको अनुभव छ ।
ई–आर्ट मार्केटको आकर्षण बुझेर लाग्नेहरू पनि उत्तिकै बढ्दै छन् । ‘इन्टरनेटबिनाको व्यापार के व्यापार ?’ आर्ट प्रमोटर दिवेश थापा भन्छन्, ‘अब डिजिटल प्रविधि अनिवार्यजस्तै भइसकेको छ ।’ उनले पनि आर्टनेपालडटनेट सञ्चालन गर्ने तयारी गरिरहेका छन् । उनलाई यसको महत्त्व ७ वर्ष कतारमा बस्दा महसुस भएको रहेछ । व्यक्तिगत कारणले विदेश पुगेका दिवेसले स्वदेशबाट आफूले कलेक्ट गरेका २२ चित्रसँगै लगेका थिए । त्यसपछि उनले
आफ्नो ब्लगमा ती चित्रका प्रिन्ट राखेर मूल्य पनि दिए । केही समयपछि उनको ब्लग सर्च गरेर चित्र किन्न माग गर्ने हरू थुप्रै भेटिए । ‘ती प्राय: नेपाली ग्राहक नै थिए,’ उनी भन्छन्, ‘अनलाइनबाटै सबै चित्र बिक्री भयो ।’ उनले त्यसपछि स्वदेश फर्केर अनलाइन आर्ट ग्यालरी खोल्दा राम्रै व्यापार हुने हिम्मत जुटाएका हुन् । उनले आफ्नो अनलाइनमा कलाकारको व्यक्तिगत परिचय र कलासम्बन्धी अनुसन्धानात्मक सामग्रीसमेत राख्ने जनाए ।